निर्णय नं. १०२९१ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२९१ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०७/३० ३२५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।७।३० ०७३-CR-१४१४ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम “सि” कुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, सत्तेरझोडा गा.वि.स.वडा नं.४ बस्ने सुनिलकुमार ऋषिदेव सदा घटना वारदात हुँदाका अवस्थामा पीडितको उमेर के कति थियो भनी निर्धारण गर्ने मूलभूत प्रमाण जन्मदर्ता प्रमाणपत्र वा सो नभए स्कुल भर्ना हुँदा लेखाएको जन्ममिति र उमेरलाई मान्‍नु पर्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री विदुर विक्रम थापा उच्च अदालत विराटनगर फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०७१/११/२८ गते राति मेरो नाबालिग वर्ष ११ कि छोरी परिवर्तित डी. कुमारीलाई दिसा गर्न गएको अवस्थामा विपक्षी सुनिलकुमार ऋषिदेवले डर त्रास देखाई जबरजस्ती करणी गरेको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम सि. कुमारीको जाहेरी दरखास्त । जिल्ला सुनसरी सत्तेरझोरा गा.वि.स. वडा नं.४ स्थित पूर्वमा नहर र बाँसघारी, पश्चिममा खाली खेत, उत्तरमा एकवाल अन्सारीको खाली र दक्षिणमा मजेवुल अन्सारी आलम खेत यति चार किल्लाभित्र आलम अन्सारीको खाली खेत सो खेतको पश्चिमपट्टिको आलीदेखि ४५ फिट पूर्व उत्तर आलीदेखि ४९ फिट दक्षिणमा पूर्व आलीदेखि ६ फिट पश्चिम दक्षिण आलीदेखि ११ फिट उत्तरमा रहेको खाली जग्गामा मिति २०७१/११/२८ गते राति अं.१९:०० बजेको समयमा सुनिलकुमार ऋषिदेव सदाले परिवर्तित नाम डी. कुमारीलाई जबरजस्ती करणी गरेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । परिवर्तित नाम सि. कुमारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुनिलकुमार ऋषिदेव सदा भएको जबरजस्ती करणी मुद्दामा वारदातपश्चात्‌ फरार रहेका प्रतिवादी सुनिलकुमार ऋषिदेवलाई खोजतलास गर्दा निज गाउँघरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी प्रतिवेदनसाथ दाखिला गरेको भन्‍नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । मिति २०७१/११/२८ गते साँझको समयमा म दिदीको घरमा गएको थिएँ । अं. रातिको १९:०० बजेको समयमा दिदीको घरदेखि पश्चिम खाली जग्गातिर दिसा पिसाब गरी घरतर्फ आइरहेको अवस्थामा अन्यायी जिल्ला सुनसरी सत्तेरझोरा ४ बस्ने सुनिलकुमार ऋषिदेव सदा के कहाँबाट आई पछाडिबाट समाती मुखमा मेरो सल कोची बन्द गरी मलाई सो ठाउँबाट उठाई घरदेखि निकै पश्चिम नहरको छेउमा लगी खाली खेतमा जबरजस्ती सुताई मेरो कपडा खोली निजले आफ्नो उत्तेजित लिङ्ग मेरो योनिभित्र छिराई तलमाथि गर्दा मलाई पीडा भई म पीडा सहन नसकी कराउँदा मेरो मुख बन्द गरी जबरजस्ती करणी गरेर मलाई सोही स्थानमा राखी तिमीले यो कुरा कसैलाई नभन्‍नु भनी अन्यायी त्यहाँबाट भागी गएकाले म घरमा आई सो कुरा आमालाई भनेको हुँ भन्‍नेसमेत बेहोराको पीडित परिवर्तित नाम डी