निर्णय नं. १०२९२ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२९२ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०३/०८ ३११५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७५।३।८ ०७२-CR-२०८५ मुद्दा:- जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम E र A को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुर्खेत, मैनतडा गाउँ विकास समिति वडा नं. २ ठूलो जात्री बस्ने दिपक वि.क. नाबालिकाहरूको शारीरिक अवस्था अविकसित यौनाङ्ग, अपरिपक्क मानसिक अवस्था र प्रतिरोध गर्ने क्षमता नहुने र सजिलैसँग जुलुमीको अनुचित बहकाउ एवं फन्दामा पर्न सक्ने स्वभावका हुनाले नाबालिकाको सहमति एवं स्वीकृति लिएपनि करणी गरेकोमा जबरजस्ती करणी ठहर्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ६, नि.नं.८१७९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री कुलप्रसाद शर्मा सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री रत्‍नबहादुर बागचन्द पुनरावेदन अदालत सुर्खेत फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत सुर्खेतको मिति २०७०।२।२६ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०६८।१२।२४ गते हामी दुवैजना जाहेरवाला घाँस काट्न भनी झिङ्नी खोलामा गएको अवस्थामा प्रतिवादी राजेश वि.क. र दिपक वि.क. ले हामीले जे जे भन्छौं सोहीअनुसार गर नभए तिमीहरूलाई मारी फाली दिन्छौं भनी विभिन्न प्रकारको डर त्रास देखाई सोही झिङ्नी खोलाको गहुँ बारीमा छुट्टाछुट्टै लगी मुख थुनी हामी २ जनालाई तीन तीनपटक जबरजस्ती करणी गरेकोले आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम E र A को सयुक्त जाहेरी दरखास्त । जिल्ला सुर्खेत मैनतडा गा.वि.स. वडा नं. ५ काठेघारी स्थित जाहेरवालाले देखाएबमोजिमको घटनास्थलमा घाँससहितको डोको १ उक्त स्थानमा गहुँको नल तथा झारपात मडारिएको जस्तो घटनास्थल प्रकृति मुचुल्का । परिवर्तित नाम E र A को योनि नच्यातिएको परिवर्तित नाम E को दाहिने तल्लो खुट्टामा कोतरिएको घाउ भएको परिवर्तित नाम A को दायाँ र बायाँ कोतरिएको बायाँ दायाँ खुट्टामा निलडाम भन्ने क्षेत्रीय अस्पताल सुर्खेतको स्वास्थ्य परीक्षण रिपोर्ट । मिति २०६८।१२।२४ गते किच लामाखाली स्कुलबाट फुटबल खेली राजेश वि.क., किसान वि.क., भिउसेन वि.क. र मसमेत गरी ४ जना घरतर्फ आइरहेको अवस्थामा मैनतडा ५ कोठघारी आई पुग्दा परिवर्तित नाम E र A घाँस काट्न आई रहेका थिए । भिउसेन वि.क. र किसान वि.क. निजहरूसँग एकछिन कुरा गर्छौं भनी बसे । राजेश वि.क. र म घरतर्फ आएका हौं । मैले निज E र A लाई जबरजस्ती करणी गरेका होइनन् । भिउसेन र किसान वि.क.ले निजहरूलाई जबरजस्ती करणी गरेको विश्वास लाग्छ भन्ने दिपक वि.क.ले गरेको बयान कागज । परिवर्तित नाम E र A लाई मैले जबरजस्ती करणी गरेको होइन भिउसेन वि.क. र राजेश वि.क. निज जाहेरवालीसँग बसेका थिए मिति २०६८।१२।२५ गते बिहान भिउसेन वि.क. ले परिवर्तित नाम A लाई यौन सम्पर्क