निर्णय नं. ४४०५ - अंश यकिन गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४०५ - अंश यकिन गरी पाउँ भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/१०/१४ ३१२१ निर्णय नं. ४४०५ ने.का.प. २०४८ अङ्क ११ पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको दे.पु.इ.नं. ६७ फैसला भएको मिति : २०४८।१०।१४।३ मा पुनरावेदक/वादी : का.न.पं. वार्ड.नं. ९ बस्ने डम्बरकुमारी राणासमेत विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं. वाड.नं. १७ बस्ने नरेन्द्रकुमारी राणासमेत मुद्दा : अंश यकिन गरी पाउँ (१) सर्वोच्च अदालत डिभिजनबेञ्जबाट अंश नलाग्ने भन्ने कुरा प्रष्ट रुपबाट बोलेको र फूलबेञ्चबाट दवाए छपाएको नदेखिएको भनी दपोट नठहराएको देखिँदा दपोट मुद्दाबाट सम्पत्ति बण्डा लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) अंश मुद्दा परेको सो अंश मुद्दाले दपोटतर्फ संकेत गरे अनुसार दपोट मुद्दा परी सो मुद्दा पनि टुंगिएपछि करिब १७ वर्षपछि पुनः परोक्ष रुपले विवादित घर जग्गाबाट अंशमा दावा गरेको र सो विवादित घर जग्गा उक्त दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति हो भनी बोलेको समेत नदेखिँदा प्रस्तुत फिरादबाट वादी दावी अनुसार वादीहरुको अंश यकिन गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट : विद्वान अत्तिवक्ता श्री महादेवप्रसाद यादव (साविक पेज नं. ७०१) विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्ष, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ.को फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश हरुको बीच राय मत्यैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. विपक्षीहरु हामी फिरादी मध्ये डम्बरकुमारीका पति तथा अन्य फिरादीका पिता तेजबिक्रमकी जेठी श्रीमती युवकुमारी तर्फका छोरा बुहारी हुँदा हामी फिरादीका सौतेनी छोरा बुहारी तथा दाजु भाउजु नाताका हुनुहुन्छ । पिता तथा पति तेजबिक्रम १९९७ सालमा नै परलोक हुनुभयो । पतिको स्वर्गेपछि सौतासंग बस्न नसकी अंश मुद्दा दिएकोमा श्री सर्वोच्च अदालतबाट मिति २०१४।९।२४ मा अंश पाउने ठहर भई मुलतवि रहेको फाँटवारीतर्फ कारवाही हुँदा हाम्रो अंश मार्न, भएको सम्पत्ति लुकाई तायदाति दिएको मिति २०१५।२।५ मा श्री सर्वोच्च अदालतबाट दुबै थरले बण्डा गर्नु पर्ने केही छैन भनी कागज गरेकीले दपोट गरेको भए ऐन बमोजिम हुने नै छ भनी फैसला भएको थियो । विपक्षीहरुले लुकाएको का.जि. कालधारा धोविचौरको जग्गा रोपनी १३–१२–० को दपोटमा नालेश दिएकोमा तायदातीमा उक्त जग्गा उल्लेख भएकै हुँदा दपोट गरेको भनी एकलौटी खान नपाइने गरी मिति २०२२।१०।५।३ मा श्री सर्वोच्च अदालत फुलबेञ्चबाट फैसला भइरहेको छ । उक्त फैसलाबाट हामी वादीले एकलौटी खान नपाउने भए तापनि विपक्षीहरुको आमा तथा सासू युबकुमारीको दाइजो पेवा नठहरेको र हामी वादीहरुको समेत अंश हक लाग्ने कालधारा धोविचौरको घर जग्गा हाल का.न.पं. वडा नं. १७ कि.नं. ४९६, ४९७, ४९८, ४९९, ५००, ५०१, ५०२ र ५०३ जग्गा अंश बण्डाको १२ नं. बमोजिम ११ जना सबैको बराबर हक लाग्ने सम्पत्ति बण्डा नभएकोले हामी वादीको भाग यकिन गरी छुट्याई पाउँ भन्ने समेत व्यहोराको डम्बरकुमारी राणा समेत ५ जनाको संयुक्त फिराद दावी । ३. श्री सर्वोच्च अदालतबाट मिति २०१४।९।२४ तथा मिति २०१५।५।२।२ मा भएको फैसला अंश दपोटको सम्बन्धमा मिति २०२२।१०।५।३ मा भएको श्री सर