निर्णय नं. १०२९६ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२९६ - ज्यान मार्ने उद्योग भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०५/०२ २६४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।५।२ ०७०-CR-०७६८ मुद्दाः- ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : जिल्ला पाँचथर, भारपा गा.वि.स. वडा नं.५ बस्ने मुना रसाइली वि.क.को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पाँचथर, भारपा गा.वि.स. वडा नं.३ बस्ने कर्णबहादुरको छोरा अकिलबहादुर घिसिङसमेत कुनै कानूनमा स्पष्ट रूपमा पुनरावेदन दिन पाउने अधिकारको व्यवस्था गरिएको छैन भने अधिकारप्राप्त अदालतबाट गरिएको फैसला वा आदेशउपर पुनरावेदन दिन पाउने अवस्था नरहने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री मोहन सागर बस्याल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ न्याय प्रशासन ऐन, २०४८ न्याय प्रशासन ऐन, २०७३ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल पाँचथर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा.मुख्य न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री उदयप्रसाद चापागाई पुनरावेदन अदालत इलाम फैसला न्या.बमकुमार श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०६८।४।१४ गतेका दिन जिल्ला पाँचथर भारपा गा.वि.स. वडा नं.५ स्थित पूर्वमा लालबहादुर वि.क.को घर, पश्चिममा मकैबारी उत्तर र दक्षिणमा बाँसघारी यति चार किल्लाभित्र अवस्थित चतुरे बजारबाट निगाले जाने कच्ची बाटोमा ऐ.ऐ.बस्ने वर्ष २६ को लालबहादुर वि.क.को शरीरको विभिन्न भागमा चोटपटक लागेको घटनास्थल वरपर रगत जस्तो रातो पदार्थको थोपाहरू देखिएको, रगतको जस्तो रातो पदार्थ लागेको पहेलो हरियो रंगको कम्बल थान १, काठको पिरा (पिर्का) थान १, शिशाको बोतलको माथिको टुक्रा, इँटाको टुक्रा साथै काठको बिँड भएको बामफोक (दाउ) थान १ समेत प्रहरीले हाम्रो सामुन्‍नेमा बरामद गरेको ठीक साँचो हो भनी देखाएको मिति २०६८।४।१४ को घटनास्थल मुचुल्का । मिति २०६८।४।१३ गते बेलुका अं. ८:०० बजेको समयमा जिल्ला पाँचथर भारपा-३ स्थित प्रतिवादी कल्पना घिसिङ तामाङको घर डेरामा म जाहेरवालीको एकाघरका देवर लालबहादुर विश्वकर्मा चतुरेमा लाग्ने हाटबजार भरी घर फर्कने क्रममा विपक्षी कल्पना घिसिङ तामाङको घर डेराको बाटो फर्कंदै गर्दा विपक्षी विर्खबहादुर ढकाल विपक्षी कल्पनाको घर डेरामा भएको देखी निजलाई घर जाउँ भनी बोलाउँदा साँझको बेलामा के को मानिस बोलाउँछस् भनी निहुँ खोजी विपक्षीहरू एक जमात भई विभिन्‍न घरेलु हतियार चुप्पी, बाम्फोक, बोत्तलसमेतले मेरो देवरलाई सांघातिक आक्रमण गरी ढुक्ढुकीसम्म राखी हाम्रो घर छेउमा फ्याली दिएको हुँदा र घाइतेको अवस्था चिन्ताजनक भएकोले प्रतिवादीहरू कल्पना घिसिङ, विर्खबहादुर ढकाल, नरबहादुर मोक्तान तामाङ, अकिलबहादुर घिसिङसमेतलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको मुना रसाइली वि.क.को जाहेरी दरखास्त । मिति २०६८।०४।१३ गते दिउँसो अं.१२:०० बजेको समयमा म चतुरेमा लाग्ने चतुरदर्शी बजार भर्न गएको थिएँ । उक्त बजारमा मैले २ बोतल रक्सी खाएको कारण निकै मातेको थिएँ । बजारबाट घर जा