निर्णय नं. १०२९७ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२९७ - आयकर भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०२/१४ ६८९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७५।२।१४ ०७२-RB-०१५० मुद्दाः आयकर पुनरावेदक : ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुरको तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासक आनन्दराज ढकाल विरूद्ध प्रत्यर्थी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३४ मा रजिष्टर्ड ठेगाना रहेको श्री स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड करदाताले पेस गरेको आय विवरणमा संशोधन गरी करदातालाई थप कर निर्धारण गर्दा सोको आधार र कारण खुलाई करदाताले पेस गरेको विवरण यस कारणले त्रुटि हो भन्ने औंल्याई यो कारणले यो यसरी समायोजन गरी संशोधित कर निर्धारण गर्ने भन्ने बारेमा आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम सफाइको मौका प्रदान गरी पर्याप्त प्रमाणको आधारमा विभागले निर्णय गर्नु पर्ने । (प्रकरण नं.५) पुनरावेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विमल सुवेदी अवलम्बित नजिर : ने.का.प.२०६३, अंक ७, नि.नं.७७३० सम्बद्ध कानून : आयकर ऐन, २०५८ नेपाल राष्ट्र बैंक ऐन, २०५८ कर निर्धारण गर्ने अड्डा : ठुला करदाता कार्यालय, ललितपुर सुरू निर्णय गर्ने अधिकारी : प्रमुख कर प्रशासक श्री खुमराज पुंजाली प्रशासकीय पुनरावलोकन गर्ने निकाय : आन्तरिक राजस्व विभाग निर्णय गर्ने अधिकारी : विभागका महानिर्देशक श्री राजन खनाल पुनरावेदन तहमा फैसला गर्ने न्यायाधिकरण : राजस्व न्यायाधिकरण काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने : माननीय अध्यक्ष श्री दिपककुमार कार्की राजस्व सदस्य श्री मणीदेव भट्टराई लेखा सदस्य श्री हरि पोखरेल फैसला न्या.अनिलकुमार सिन्हा : यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०६९।०३।११ को फैसलाउपर ठुला करदाताको तर्फबाट परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख)(ग)(घ) बमोजिम अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । ठुला करदाता कार्यालयमा दर्ता भएको आय विवरण करदाता स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लि.ले आ.व. २०६२/०६३ को लागि आयकर ऐन, २०५८ दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार समावेश गर्नुपर्ने रकम रू.९३,०५,२५,०७४/- करयोग्य आयकर कायम गरी ठुला करदाता कार्यालयमा मिति २०६३/०७/२८ मा पेस गरेको आय विवरण । ठुला करदाता कार्यालयबाट जारी भएको म्याद सूचना करदाताको आ.व. २०६२/०६३ को सम्बन्धमा आयकर ऐन, २०५८ बमोजिम समावेश गर्नुपर्ने रकम आयमा समावेश नगरेको कट्टी गर्न नपाइने खर्चसमेत दाबी भएको देखिएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित कर निर्धारण गर्ने प्रयोजनको लागि रू.९३,७४,८१,२८२/- संशोधित करयोग्य आय कायम हुने तथा नपुग अग्रिम आयकर दाखिला गर्नुपर्ने भएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुद प्रमाण भए १५(पन्ध्र) दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम करदातालाई मिति २०६६/०२/१२ मा सूचना जारी गरिएकोमा मिति २०६६/२/१२ मा सो सूचना बुझी लिएको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लि. ले पेस गरेको जवाफ नेपाल राष्ट्र बैंकद्वारा तोकिएको वित्तीय विवरण तयार गर्नु पर्ने भएकाले भाडामा लिएको सम्पत्