निर्णय नं. १०३०० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३०० - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०५/०२ ३२७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।५।२ ०७२-CR-०३९० मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : धनकुटा जिल्ला, लेगुवा गाउँ विकास समिति वडा नं. २ घर भई हाल जिल्ला प्रशासन कार्यालय, धनकुटाको कारागार शाखाको कैदमा बस्ने नविन कार्की विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम धनकुटा “ख” जाहेरीले नेपाल सरकार पीडितले आफैँ जाहेरी दिएकी एवं मौकामा र अदालतमा बयान गर्दा विना संरक्षक सबै सवालहरूको स्पष्ट रूपमा जवाफ दिएको तथा सुरू अदालतले समेत प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३क. को प्रयोजनार्थ अपाङ्गको श्रेणीमा राख्नु शंकास्पद देखिएको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको ३क. आकर्षित गर्नु न्यायोचित नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टेकबहादुर कार्की अवलम्बित नजिर : ने.का.प.२०६७, अंक ९, नि.नं.८४६९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री युवराज गौतम धनकुटा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री चित्रदेव जोशी पुनरावेदन अदालत धनकुटा फैसला न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत धनकुटाको मिति २०७२/२/१७ को फैसलाउपर पुनरावेदक प्रतिवादीको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- तथ्य खण्ड मिति २०६९/११/१५ गते म जाहेरवाली कान नसुन्ने, स्वर बोलाई कम भएको, अपाङ्ग महिला मिलको डिजेल लिन भनी रामरिठा बजार गएको अवस्थामा अन्दाजी २.०० बजे जिल्ला धनकुटा लेगुवा गाउँ विकास समिति वडा नं. ४ बर्नेबेलाइती जंगलमा नविन कार्कीसँग भेट भएकोमा म बजारतिर जाँदै गर्दा अभियुक्त पछि पछि आई पछाडिबाट मेरो हात समाई मुखसमेत थुनी डरत्रास देखाई जबरजस्ती तान्दै जंगलको बिचमा लगी लडाई जबरजस्ती करणी गरे । निजले मलाई कब्जामा राखी विभिन्न ठाउँमा लगी जबरजस्ती करणी गरेका, १० दिनपछि भागी माइती घरमा आई यो जाहेरी लिई उपस्थित भएको छु । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम धनकुटा "ख" ले दिएको जाहेरी दरखास्त । जिल्ला धनकुटा लेगुवा गाउँ विकास समिति वडा नं.४ बर्ने बेलाइती जंगलमा परिवर्तित नाम धनकुटा "ख" लाई जिल्ला धनकुटा लेगुवा २ बस्ने नविन कार्कीले जरबजस्ती करणी गरेको भनी देखाएबमोजिम लेखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । परिवर्तित नाम धनकुटा "ख" सँग मेरो विवाह हुनुभन्दा अघिदेखि प्रेम सम्बन्ध थियो । सो कुरा निजको दाजुले थाहा पाएपछि कुट्न खोजेको कारण सम्बन्ध घट्दै गई मैले अन्यत्रै विवाह गरेँ । निजले पनि अन्यत्रै विवाह गरी २ वटा छोराको जायजन्म भएपछि निजको श्रीमान्सँग राम्रो सम्बन्ध नभएकोले माइती घरमै बस्दै आएकी हुन् । माइतीघर नजिकै भएकोले घाँस दाउरा गोठालो जाँदा आउँदा भेटघाट हुँदा पहिले विवाह गर्न सफल नभए पनि अब विवाह गरौं भनी निजले भनेको हुँदा मेरो पनि घरमा ३ वटा छोरी भएकोले हुन्छ भनी विवाह गर्ने सहमति भई मिति २०६९/११/१५ गते निज रामरिठा बजारमा मिलको डिजेल लिन जाँदा घरबाटै सँगै गई बर्ने बेलायती जंगलमा सहमतिम