निर्णय नं. १०३०२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३०२ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०२/३० ८०५९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।२।३० मुद्दाः कर्तव्य ज्यान ०७५-CF-०००१ पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ पोखरिया गा.वि.स. वडा नं.६ वस्ने रमेश मण्डल गनगाईसमेत विरूद्ध प्रत्यर्थी / वादी : श्यामप्रसाद मण्डलको जाहेरीले नेपाल सरकार ०७५-CF-०००२ पुनरावेदक / प्रतिवादी : श्यामप्रसाद मण्डलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला मोरङ पोखरिया गा.वि.स. वडा नं.६ बस्ने रमेश मण्डल गनगाईसमेत वारदातको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाक तथा कानबाट रगत निस्केको भन्ने देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा रगत जमेको भन्ने देखिएबाट मृतकको लासमा hanging को कुनै पनि लक्षण नदेखिएको हुँदा मृतकको मृत्यु hanging को कारणले नभई strangulation कै कारणबाट भएको हो भनी मान्नु पर्ने । (प्रकरण नं.९) परिस्थितिजन्य प्रमाणको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नु पर्ने । (प्रकरण नं.१८) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रविण सुवेदी, विद्वान् अधिवक्ता श्री विकास थापा र विद्वान् अधिवक्ता श्री सुभाष पाठक वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री अवलम्बित नजिर : ने.का.प.२०६७, अंक ५, नि.नं.८३७४, पृ.८१४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री चण्डीराज ढकाल मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री राजकुमार वन मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू पुनरावेदन अदालत विराटनगर यस अदालतमा फैसला गर्नेः स. प्रधानन्यायाधीश श्री गोपाल पराजुली मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको फैसलाउपर प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय कुमार भन्ने विजय मण्डल गनगाई तथा वादी नेपाल सरकार दुवै पक्षको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दा यस अदालतको संयुक्त इजलासमा पेस भई फैसला हुँदा सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशको रायमा मतैक्य हुन नसकी रायबाझी फैसला भएको र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) (क) बमोजिम उक्त फैसला पूर्ण इजलासमा पेस गर्नु भनी व्यक्त भएको रायबमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड म जाहेरवालाको छोरी २० वर्षीया सुनितादेवी मण्डल र प्रतिवादीमध्येका रमेश मण्डल गनगाईबिच प्रेम सम्बन्ध भई २०६४ सालमा प्रेम विवाह भएको हो र निजलाई मैले दाइजोबापत रू. ५१,०००।- समेत दिएको थिएँ । मेरो सम्धी भरतलाल मण्डल, सम्धिनी रामवती देवी मण्डल र विजय मण्डललाई रमेश मण्डलले प्रेम विवाह गरेको कुरा मन परेको थिएन । विवाह गरेदेखि नै भरतलाल मण्डलले रमेश मण्डल र सुनितादेवी मण्डललाई घरमा बस्न दिन्न, अलग गराएर छाड्छु भनेका थिए । मोटरसाइकल र टि.भी. दाइजो चाहियो भनी रमेश मण्डलसमेतले छोरीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका र मिति २०६८।११।२० गते साँझ निजले सुनितादेवी मण्डललाई कुटपिट गरी खाना खानसमेत न