निर्णय नं. १०३०३ - ट्रेडमार्क दर्तासम्बन्धी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३०३ - ट्रेडमार्क दर्तासम्बन्धी भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०३/०९ ८५६९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।३।९ ०७४-CI-१०९२ मुद्दाः- ट्रेडमार्क दर्तासम्बन्धी पुनरावेदक / विपक्षी : ९३, चन्द्रलोक प्रितमपुरा, दिल्ली अवस्थित तेजराम धरमपाल फर्मको अख्तियार प्राप्त ल.पु.जि., ल.पु.म.न.पा. वडा नं. १० बस्ने सीए के.एन. मोदी विरूद्ध प्रत्यर्थी / निवेदक : झापा जिल्ला मेचीनगर न.पा. वडा नं. १२ अवस्थित श्री गणपति टोबाको प्रा.लि. को अ.प्रा. ऐ.ऐ.का सञ्चालक ऐ.ऐ. बस्ने प्रदीपकुमार आँचलिया कुनैपनि फर्म कम्पनी वा व्यक्तिले आफ्नो Creation लाई सांकेतिक रूपबाट चिनाउन, अरूको भन्दा फरक देखाउन तथा त्यस्तो उत्पादन आफ्नो Creation हो भनी पुष्टि गर्न, प्रयोगमा ल्याइने शब्द, चिह्न वा चित्र वा यी तीनै कुराको संयुक्त रूपलाई ट्रेडमार्क भनिने । (प्रकरण नं.३) ट्रेडमार्क दर्ता प्रक्रियामा रहनु र दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको स्थिति हुनु फरक फरक कुरा हुन् । कानूनले अन्य देशमा ट्रेडमार्क दर्ता भएकोमा त्यस्तो दर्ताका प्रमाणपत्र साथै राखी उद्योग विभागमा दर्ताको लागि निवेदन दिनुपर्ने व्यवस्था गरेपछि सोबमोजिम ट्रेडमार्क दर्ता भएको हुनु पर्ने अनिवार्यता देखिन्छ । आवेदनमा उल्लेख गर्दैमा विदेशबाट ट्रेडमार्क दर्ताका प्रमाणपत्र प्राप्त नभएको अवस्थामा त्यस्तो प्रमाणपत्र प्राप्त भएको थियो भन्न नमिल्ने । (प्रकरण नं.७) केवल उत्पादन र विज्ञापन गरेकै आधारमा सो उत्पादनसँग सम्बन्धित ट्रेडमार्कले दर्ताको मान्यता पाउने र दर्ता हुने भन्ने मनसाय पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ र Paris Convention को Article 6 को D. मा भएको व्यवस्थामा रहे भएको नदेखिने । (प्रकरण नं.८) पुनरावेदक / विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री मिथिलेश कुमार सिंह, श्री सतिशकृष्ण खरेल, श्री पूर्णमान शाक्य एवं विद्वान् अधिवक्ताहरू श्री हिमेशकृष्ण खरेल तथा श्री हेमन्तराज दाहाल प्रत्यर्थी / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने तथा विद्वान् अधिवक्ताहरू श्री रूद्रप्रसाद पोख्रेल, श्री दक्षबहादुर क्षेत्री र श्री अन्जन नेउपाने अवलम्बित नजिर : ने.का.प.२०६२, अंक ५, नि.नं.७५३६ ने.का.प.२०६८, अंक ९, नि.नं.८६८६ सम्बद्ध कानून : पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ सुरू तहमा निर्णय गर्नेः- महानिर्देशक श्री महेश्वर न्यौपाने उद्योग विभाग, त्रिपुरेश्वर पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री रमेशकुमार खत्री उच्च अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र परी दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड अन्तर्राष्ट्रिय वर्ग ३१ र वर्ग ३४ को RAJ NIWAS ट्रेडमार्कको मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने उद्योग विभागमा मिति २०७२।५।९ मा परेको गणपति टोबाको प्रा.लि.को निवेदन । RAJ NIWAS ट्रेडमार्कको उत्पादन हाल भारत र तेस्रो मुलुकमा समेत दर्ता रहेको प्रमाणसमेत हाम्रो नाउँमा रहेको छ भनी इन्टरनेट आइ.डि. र भिडियो विज्ञापन युटुबमा समेत हेर्न मिल्छ । उक्त ट्रेडमार्क हाम्रो नाममा दर्ता गरिपाउँ भन्ने