निर्णय नं. ८२५९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२५९ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/१०/०५ ३४९१ निर्णय नं. ८२५९ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री तपबहादुर मगर रिट नं. : ०६३–WO–०५२४ आदेश मितिः २०६६।१०।५।३ विषयः उत्प्रेषण समेत । निवेदकः सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३५ बस्ने कृष्णप्रसाद सापकोटा समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं समेत § नेपाल सरकारले बनाएको भन्दैमा नियमावली निर्माण गर्ने अधिकार सामान्य प्रशासनिक निर्णय सरह हुँदैन । विधायिकी अधिकार प्रयोग गरेर निर्माण गरिएकै कारणले नियमावलीलाई कानून मानिएको हो । त्यस्तो कानूनलाई रुपान्तरण गर्ने, बदल्ने, खारेज गर्ने अधिकार पनि सरकारमा रहन्छ, तर त्यसरी रुपान्तरण गर्न, बदल्न र खारेज गर्न सरकारले मातृ ऐनको अख्तियारीभित्र रही प्रत्यायोजित विधायिकी अधिकारको मूल्य, मान्यता र मर्यादाको अनुकूल हुने गरी गर्नुपर्छ, सामान्य प्रशासनिक निर्णयको आधारमा नियमावलीको प्राबधानलाई कसैको हकमा निष्क्रिय तुल्याउन वा परिवर्तन गर्न नसकिने । (प्रकरण नं.४) § कानूनी व्यवस्थाको विकल्पमा प्रशासनिक निर्णयलाई प्रभावी बनाउने गरी गरिएको कार्य कानूनी दृष्टिले मान्य हुन नसक्ने । (प्रकरण नं.५) निवेदक तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री जग्गनाथ महतो विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री खगराज पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § आर्थिक प्रशासनसम्बन्धी नियमावली, २०५६ को नियम १७९(१) § आर्थिक कार्यविधि ऐन, २०५५ को दफा ३६ § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ § नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (ड) § निजामती सेवा ऐन, २०४९ को दफा ५८ आदेश प्र.न्या.अनूपराज शर्माः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) अनुसार यस अदालतमा दायर भई यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :- नेपाल चीन सीमा निरीक्षण कार्यको लागि नेपाल चीन संयुक्त सीमा निरीक्षण कार्य प्रारम्भ गर्ने सहमति भएअनुसार सहमति पत्रको अनुसूची–१ अनुसारको जिम्मेवारीहरू पूरा गर्न तेस्रो नेपाल चीन संयुक्त सीमा निरीक्षण समिति गठन भई सो समितिले पटक–पटक वैठक समेत गरी संयुक्त सीमा निरीक्षणको कार्यसम्बन्धी प्रारुप तयार गरी सन् २००६ को अप्रिलदेखि सीमा निरीक्षणको क्षेत्रीय कार्य शुरु गर्ने सहमतिअनुसार हामी निवेदकहरूलाई पाँचवटा अलग–अलग टोली बनाई खटाइएबमोजिम चीनको क्षेत्रमा रही तोकिएको काम सम्पन्न गरी फर्किएको, त्यसरी निजामती कर्मचारीलाई भ्रमणमा खटाउँदा आर्थिक प्रशासन नियमावली, २०५६ को नियम १७९(१) बमोजिम सीमा निरीक्षणको सिलसिलामा अनुसूची–२० मा उल्लिखित मुलुकहरूको भ्रमणमा जाँदा अनुसूची–२१ मा भएको व्यवस्थाबमोजिम हामी खटिएको मुलुक चीन “क” वर्गको मुलुकमा पर्ने भएकोले चीन सीमा क्षेत्रभित्र खटाइएका हामी द्वितीय र तृतीय तहका कर्मचारीहरूले क्रमशः १०० यु.एस.डलर र ९० यु.एस.डलर दैनिक भ्रमणभत्ता पाउनु पर्ने कानूनी व्यवस्था रहेको हुँदा उक्त कामको प्रयोजनको लागि हामीलाई दिइएको पेश्कीको रकम फछ्र्यौट गरी नपुग थप रकम भुक्तानी पाउन अनुरोध गरिएकोमा पेश्की फछ्र्यौट गर्दा दैनिक भ्रमण भत्ता रकम नदिई अधिकृत द्वि