निर्णय नं. १०३०४ - निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३०४ - निर्णय बदर भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०३/३२ ४२०७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७५।३।३२ मुद्दाः निर्णय बदर ०६७-CI-१०७९ पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं. १२ स्थित सन फिटिङ प्रा.लि. विरूद्ध प्रत्यर्थी / वादी : 25-Netaji, Subash Road Punjab, India स्थित SANDEEP INDUSTRIES का तर्फबाट अधिकारप्राप्‍त का.जि.का.म.न.पा. वडा नं. ३१ बागबजारस्थित इन्टेलेक्चुअल प्रोपर्टी प्रोटेक्सन ब्युरो प्रा.लि.का सञ्‍चालक अधिवक्ता सरोजकुमार दाहाल ०६७-CI-१२७७ पुनरावेदक / प्रतिवादी : नेपाल सरकार उद्योग विभागको तर्फबाट महानिर्देशक ढुण्डीराज पोखरेल विरूद्ध प्रत्यर्थी / वादी : 25-Netaji, Subash Road Punjab, India स्थित SANDEEP INDUSTRIES का तर्फबाट अधिकारप्राप्‍त का.जि.का.म.न.पा. वडा नं. ३१ बागबजारस्थित इन्टेलेक्चुअल प्रोपर्टी प्रोटेक्सन ब्युरो प्रा.लि. का सञ्‍चालक अधिवक्ता सरोजकुमार दाहाल ट्रेडमार्कले कम्पनी वा उद्यमीले उत्पादन गरेको वस्तुको छुट्टै परिचय दिनुका अलावा वस्तुको स्रोत र गुणस्तर कायम राख्ने र उस्तै किसिमका सामान उत्पादन गर्ने अर्को व्यवसाय वा ब्रान्डभन्दा फरक देखाउनसमेत मद्दत गर्दछ । बजारमा आउने विभिन्न मालवस्तुलाई छुट्‍याउनका लागि ट्रेडमार्क शब्द, चित्र वा लोगो, डिजायन वा अन्य परिचयात्मक आकृति प्रयोग गरिने हुँदा मूलत: ट्रेडमार्क दर्ताको उद्देश्य नै सो माल वा वस्तुलाई सर्वसाधारणमा परिचयात्मक रूपमा चिनाउने र सो माल वा वस्तुको गुणस्तर कायम राखी पर्न सक्ने नकारात्मक भ्रमलाई हटाउने, बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने र ट्रेडमार्कको धनीको व्यापारिक ख्यातिको रक्षा गर्नु नै हो । कसैको भ्रम सिर्जना हुने वा झुक्याउने गरी अनधिकृत रूपमा अर्काले प्रयोग गरेको ट्रेडमार्क प्रयोग गरेमा त्यस्तो कार्य गर्नबाट रोक्ने हक ट्रेडमार्कको धनीलाई प्राप्‍त हुने । (प्रकरण नं.३) जाँचबुझ र छानबिन गर्दा ट्रेडमार्क दर्ता गरी प्रमाणपत्र दिन नसकिने अवस्था भएमा ट्रेडमार्क दर्ताको निवेदन पहिला दर्ता भएको भन्ने आधारमा मात्र ट्रेडमार्क प्रदान गर्न सकिने नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान्‌ अधिवक्ता श्री पूर्णचन्द्र राजवंशी अवलम्बित नजिर : सम्बद्ध कानून : पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ सुरू तहमा निर्णय गर्ने : उद्योग विभाग पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. मा. न्यायाधीश श्री डा.आनन्दमोहन भट्टराई फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा न्याय प्रशासन ऐन, २०६३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ:- यस Sandeep Industries प्रा.लि. ले Netaji Subash Road, Near K.M.V. Jalandhar-1440 004, Punjab, India स्थित Sandeep Industries को तर्फबाट नेपालमा ट्रेडमार्क दर्ता, दाबी विरोध तथा मुद्दा मामिलासमेत सम्पूर्ण कार्य गर्नका लागि अख्तियार प्राप्‍त गरेको र सो सम्बन्धमा उद्योग विभागबाट मिति २०६३।६।२३ मा प्रकाशित औद्योगिक सम्पत्ति बुलेटिन वर्ष १ संख्या ७ सि.