निर्णय नं. १०३०७ - गौवध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३०७ - गौवध भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०९/१८ ३३१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।९।१८ ०७३-CR-०७८४ मुद्दा : गौवध पुनरावेदक / प्रतिवादी : जिल्ला दैलेख, मालिका गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका चन्द्रबहादुर शाही विरूद्ध प्रत्यर्थी / वादी : केशवबहादुर शाहीको जाहेरीले नेपाल सरकार तत्कालीन मुलुकी ऐन, चौपायाको महलको १ नं. विपरीतको कसुर गरेकोले उक्त कसुरमा चौपायाको महलको ११ मा रहेको व्यवस्थाको सन्दर्भमा प्रतिवादीलाई ऐ. महलको ११ नं. बमोजिम १२ वर्षको सजाय गरेको मिलेको देखिन आए तापनि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) (ख) बमोजिम प्रतिवादीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ को उपदफा (२) बमोजिम कैद ३ वर्ष हुने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध (संहिता) ऐन, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री विश्वमंगल आत्रेय दैलेख जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री गुणराज ढुंगेल पुनरावेदन अदालत सुर्खेत फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावदेन अदालत सुर्खेतको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१ (४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरू जाहेरी दरखास्त, अभियोगपत्रसमेतका तथ्य खण्ड, जिल्ला अदालतको फैसला, पुनरावेदन अदालत सुर्खेतको फैसलाको बेहोरा सो अदालतको मिति २०७३।०३।१३ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । ठहर खण्ड प्रतिवादी चन्द्रबहादुर शाहीले पुनरावेदन पत्रमा सुरू तथा पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । म पुनरावेदक प्रतिवादीको मगजले काम नगरेको अवस्थामा उक्त वारदात घट्न गएको हो । उक्त तथ्यलाई घटनास्थल प्रकृति मुचुल्काबाट पुष्टि भइरहेको अवस्थामा भवितव्यतर्फ सजाय गर्नु पर्ने र मेरो मानसिक जाँचसमेत गरी मुलुकी ऐन, चौपायाको महलको १५ नं.बमोजिम सजाय हुने गरी फैसला गर्नुपर्नेमा सोतर्फ ध्यान नै नदिई न्यायिक मनको प्रयोग नगरी मलाई अभियोग मागदाबीबमोजिम सजाय हुने ठहर्याई गरेको दैलेख जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत सुर्खेत मिति २०७३।०३।१३ को फैसला न्यायोचित नभएकोले उक्त दुवै फैसलाहरू त्रुटिपूर्ण हुँदा बदरभागी छ, बदर गरिपाउँ भन्ने पुनरावेदन जिकिर लिएको देखियो । नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी चन्द्रबहादुर शाहीले मिति २०७२।५।२१ गते जिल्ला दैलेख, मालिका गाउँ विकास समिति वडा नं.५ तल्लो हल्म स्थित बारीमा बाँधेको कालो रंगको वर्ष २.५ को आफ्नै गाई बञ्चरोले हानी मारी चारैवटा खुट्टा काटी अलग अलग पारी मुलुकी ऐन, चौपायाको महलको १ नं.विपरीत सोही महलको ११ नं.अनुसारको