निर्णय नं. १०३०८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३०८ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०९/०१ ३२८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७५।९।१ ०७४-WO-०५१० मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : पाल्पा जिल्ला, साबिक दर्लमडाँडा गा.वि.स. वडा नं. ८ (हाल बगनासकाली गा.पा. वडा नं. ५ घर भई) खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंमा रा.प.तृ.श्रेणी इन्जिनियरिङ सेवा जियोलोजी समूह जनरल जियोलोजी उपसमूहमा कार्यरत भरतप्रसाद कोइराला विरूद्ध विपक्षी : लोक सेवा आयोग, अनामनगर काठमाडौंसमेत विधायिका स्वयंले ऐनमा जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने सोको लागि शैक्षिक योग्यतासमेत तोकेको अवस्थामा प्रत्यायोजित विधायनअन्तर्गतको शैक्षिक योग्यता लागू हुने भनिएका कानूनको व्याख्या र कानूनको पदसोपानमा गम्भीर त्रुटि हुन जाने । (प्रकरण नं.७) निजामती सेवा ऐन, २०४९ मा मिति २०७०/१२/१२ मा भएको तेस्रो संशोधनबाट थप भएको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्ने प्रणाली र सोको लागि विधायिकाले नै शैक्षिक योग्यता तोकेको अवस्थामा सोअगावै २०५१ सालमा लागू भएको नियमको प्रावधान आकर्षित गरिँदा विधायिकी कानून पराजित हुने । कानूनबमोजिम कार्य गर्ने सार्वजनिक निकाय एवं पदाधिकारीले कानून कार्यान्वयन गर्ने सामान्य व्यवस्था र मान्य सिद्धान्तअनुसार कानूनको व्याख्या र कार्यान्वयन गर्नुपर्नेमा ऐनको व्यवस्थालाई अनदेखा गरी नियमलाई अग्राधिकार दिई भएको कार्य विधिसम्मत देखिन नआउने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सूर्यप्रसाद कोइराला तथा विद्वान्‌ अधिवक्ता श्री सनदप्रसाद कोइराला विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुदिप दंगाल अवलम्बित नजिर : ने.का.प.२०२८, नि.नं.६०६, पृ.१६३ ने.का.प.२०५६, नि.नं.६६६३, पृ.८१ ने.का.प.२०५९, नि.नं.७०७३, पृ.१६६ ने.का.प.२०७४, नि.नं.९८८६, पृ.१६८५ स.अ.बुलेटिन २०७५, पूर्णाङ्क ६२३, पृ.२५ सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.सारदाप्रसाद घिमिरे : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः म निवेदक नेपाल इन्जिनियरिङ्ग सेवा जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहको रा.प.तृ. श्रेणी सिष्मोलोजिष्ट पदमा मिति २०६६/६/१९ देखि बढुवा भई कार्यरत छु । निवेदकले विज्ञान विषयमा स्नातक, राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुका साथै जापानको International Institute of Seismology and Earthquake Engineering IISEE बाट मिति 19 July 2001(258/4/4) मा Post Graduate Diploma In Seismology उत्तीर्ण गरेको छु । IISEE जापानबाट प्राप्त मेरो शैक्षिक उपाधिलाई त्रिभुवन विश्वविद्यालय पाठयक्रम विकास केन्द्रबाट प्रकाशित शैक्षिक योग्यताको स्तर निर्धारण पुस्तिकाको पृ. १३२ मा Post Graduate Diploma in Relevant Subject भनी स्तर निर्धारण गरेको छ । निजामती सेवा ऐन, २०४९ (यसपछि "ऐन" भनिएको) मा तेस्रो संशोधन मिति २०७०/१२/१२ मा हुँदा ऐनको दफा ७ मा ३ किसिमबाट बढुवा गर्ने व्यवस्था गरिएको छ । तीमध्ये एक व्यवस्था जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन रहेको छ । उक्त प्रणालीबाट गरिने बढुवा तेस्रो संशोधनबाट सुरूवात (Introduce) गरिएकोले यस विधिबाट