निर्णय नं. १०३१० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३१० - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०४/१६ ४५१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।४।१६ कसुर ठहर मितिः- २०७६।३।३१ सजाय निर्धारण मितिः- २०७६।४।१६ ०६८-CR-१००६ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / वादी : जुगमानी थारूको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कैलाली वलिया गा.वि.स. वडा नं. ९ बस्‍ने गोविन्द खड्का अपराधका सम्बन्धमा समाजमा रहेको चेतनाको स्तर, आर्थिक सामाजिक परिवेश, पीडितलाई पुग्न जाने थप सामाजिक क्षति, पारिवारिक तथा सामाजिक प्रतिष्ठा, इज्जत तथा सामाजिक पृष्ठभूमि र संस्कारसमेतले असर गरेको हुने । (प्रकरण नं.९) पीडित पक्ष जाहेरवाला अदालतमा नआएको भन्दैमा स्पष्टरूपमा जबरजस्ती करणी गरेको चिह्नहरू रहेको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई नजर अन्दाज गरी प्रतिवादीलाई सफाइ दिन नमिल्ने । (प्रकरण नं.११) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७४, अंक ५, नि.नं.९८१२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री राधाकृष्ण उप्रेती बर्दिया जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रमेश पोखरेल मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू पुनरावेदन अदालत, नेपालगञ्‍ज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने वादी नेपाल सरकारको तर्फबाट निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेकोछ । तथ्य खण्ड मिति २०६२।५।१८ गते राति मेरी छोरी वर्ष १२ की पीडित आफ्नै घरमा सुतिरहेको अवस्थामा अं.२:०० बजे राति जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं. ९ बस्‍ने कृष्णबहादुर खड्काको छोरा वर्ष अं. ३२ को गोविन्‍द खड्का हाम्रो घरमा आई ढोका खोली घरभित्र प्रवेश गरी चक्‍कुसमेत देखाई पीडित छोरीलाई जबरजस्ती घरबाट बाहिर लगी धानखेतमा पुर्‍याई जबरजस्ती करणी गरी भागी गएकाले निज गोविन्द खड्कालाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । पीडितको स्वास्थ्य परीक्षण गर्दा कन्याजाली फुटेको र रक्तस्राव भएको, योनिभित्र घर्षण चिह्न भेटिएको, आंशिक सञ्चो भएको भन्नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाबाट भएको स्वास्थ्य परीक्षण प्रतिवेदन । जिल्ला बर्दिया, शिवपुर गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा रब्लु थारूको खेत, पश्चिम विनोद चन्दको खेत, उत्तर मन्सुराम चौधरीको खेत, दक्षिण सोगीराम थारूको खेत यति चार किल्लाभित्र रहेको रब्लु थारूको धानखेत सो धानखेतको बिच भागमा धान ढलेको, माडिएको करिब ४ फिट गोलाई बराबरको भाग रहेको सोही नजिक पुरूषले लगाउने हरियो रंगको अंग्रेजीमा DMAX लेखेको कट्टु थान १ फेला परेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०६२।५।१८ गतेका राति म आफ्नै घरमा सुतेको थिएँ । सोही राति अं.२:०० बजेको समयमा जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं. ९, चिसापानी बस्ने वर्ष ३२ को गोविन्द खड्का मेरो घरमा आई ढोका खोली भित्र पसी डरत्रास देखाई बढ्ता बोलेमा चक्कुसमेत हानिदिन्छु भनी मलाई आफ्नो साथमा तानी लगेका