निर्णय नं. १०३११ - बाँध भत्काई भागबमोजिम पानी चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३११ - बाँध भत्काई भागबमोजिम पानी चलन भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०९/२७ २५४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।९।२७ ०७२-CI-०१६५ मुद्दाः- बाँध भत्काई भागबमोजिम पानी चलन । पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, गा.वि.स. सोनवर्षा वडा नं. ७ बस्ने मनिफ मियाको छोरा एमाम मियासमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पर्सा, गा.वि.स. शंकरसैया वडा नं. १ बस्ने रामनाथ दास थारूसमेत भाठाखोला र घोडमसान खोलासमेतको जलाधार क्षेत्र, दुवै खोलाको हिउँद र वर्षात्मा उपलब्ध हुने र हुनसक्ने पानी, पानी सञ्चयका सम्भावनालाई दृष्टिगत गर्दै योजनाबद्ध रूपमा गुरूयोजनासमेत निर्माण गरी दुवै खोलामा स्थायी बाँध निर्माण गरी के कति पानी किसानहरूले लगेका छन् सोको नाप जाँचसमेत गरी समन्यायिक रूपमा खोलाको पानी सिँचाइको लागि लैजान समानुपातिक वितरण र उपयोगको व्यवस्था गरिनुपर्ने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री किसुनदेव प्रसाद कुशवाहा अवलम्बित नजिर : ने.का.प.२०६१, नि.नं.७४२०, पृ.९७० सम्बद्ध कानून : नेपालको संविधान सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश नारायणप्रसाद दाहाल पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई पुनरावेदन अदालत हेटौंडा फैसला न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलाउपर मुद्दा दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीहरूको यस अदालतमा पर्न आएको निवेदन मिति २०७२।०३।२८ मा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावदेनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- पर्सा जिल्लाअन्तर्गत भाठाखोला भलुई नदी हाम्रो गाउँ सरेह जग्गा जमिनदेखि उत्तरपूर्वमा पर्दछ । हाम्रो गाउँको जग्गा जमिनको सिँचाइको पानी आउने मूल स्रोत सो नदी नै हो । सो भलुई नदी भाठा खोलाको उल्लिखित बाँधको पानी ३ भागको एक-एक भाग पानी हरिसखुनिया, कञ्चनपुर वैरिया, हरैयाका बासिन्दाले उपभोग गर्न पाउने गरी मुद्दा परी फैसला भई अन्तिम रूपले मुद्दाबाट हक स्थापित भएकोमा उक्त बाँधको पानी विपक्षीहरूले हामीलाई नदिने रोक्का गर्ने गरेकाले पुनरावेदन अदालत हेटौंडामा निषेधाज्ञाको निवेदन दिएकोमा मिति २०६३।६।२७ गते अन्तरिम आदेशसमेत भएकोमा हामीले निरन्तर पानी भोग चलन गरी बाली सिँचाइ गर्दै आएकोमा सो हक सुविधाबाट हामीलाई वञ्चित गर्ने नियतले निषेधाज्ञा मुद्दा चल्दा चल्दैको अवस्थामा २०६३।११।२५ गते बिहान ६, ७ बजेदेखि बेलुका ६,७ बजेसम्ममा हाम्रो हक स्थापित उल्लिखित भाठा खोला भलुई नदीमा विपक्षीहरू तथा विपक्षीहरूका जना मजदुराहरूसमेतले बाँध बाँधी हाम्रो जग्गामा आउने पानीको मुहान पूर्ण रूपले बन्द गरी १ भाग पानी प्रयोग गर्ने हकबाट हामीलाई वञ्चित गरेकाले सो भाठा खोला भलुई नदीको पानीबाट ३ भागको १ भाग पानी हामीले भोग गर्न, लान, सिँचाइ गर्न पाउने गरी विपक्षीहरूले बाँधेको उल्लिखित बाँधमध्ये ३ भागको १ भाग दक्षिणतर्फको बाँध भत्काई हामीले पानी लैजान पाउने गरी पानी चलन चलाई पाउँ भन्नेसमेत बेहोराको वादीहरूको फिरादपत्र । वादी दाबीबमोजिम पानी चलन