निर्णय नं. ४४०६ - दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४०६ - दर्ता बदर दर्ता भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/०८ २४०७ निर्णय नं. ४४०६ ने.का.प. २०४८ अङ्क ११ पूर्णइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको दे.पु.इ.नं. ८१ फैसला भएको मिति: २०४८।११।८।५ मा पुनरावेदक/वादी : ज.न.पा.वडा नं. २ बस्ने महन्त सिताराम दाश वैष्णव विरुद्ध विपक्षी/प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयसमेत मुद्दा : दर्ता बदर दर्ता (१) अचल सम्पत्तिको दर्ता स्वामित्व प्रमाणित गर्न रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत लिखत अनिवार्य हुने । (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह (साविक पेज नं. ७०८) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. म.क्षे.अ.को फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. श्री रामजानकी सालिग्राम भगवानको मेरा बाजे गुरु अवयदास बैरागीले जग्गा माधुरी मण्डलसंग खरीद गरी मन्दिर स्थापना गरी पूजाआजा गरी आउनु भएको निजपछि मेरो श्रीरामदाश बैरागी उक्त स्थानको उत्तराधिकारीको हैसियतले अपुताली प्राप्त गरी जग्गा जमीन निजका नाममा दर्ता समेत भएको यहि मिति २०४०।४।२ गते गुरु स्वर्गीय हुनुभएकोले परम्परा अनुसार काजकृया समेत मैले गरेकोले स्वभावतः उक्त स्थानको अपुताली मैले पाउने भएको हुँदा तालुकवाला विपक्षी गुठी तथा तहसील कार्यालयमा जग्गा जमीनहरु नामसारी गर्न निवेदन दिएकोमा असम्बन्धित व्यक्ति चन्देश्वर राउतको तालुकमा स्थान लगाई दिएको गैरकानुनी छ र रामजानकीको नाममा जग्गा दर्ता गरी दिएको कानुन विपरीत हुँदा दर्ता बदर गरी विपक्षी मध्य चन्देश्वर राउतलाई संरक्षक नियुक्त गरेकोमा सो समेत बदर गरी पाउँ भन्ने वादीको फिरादपत्र । ३. फिरादपत्रमा उल्लेख गरिए अनुसार अवधदाश बैरागीले रामजानकी मन्दिर निर्माण गर्नु भएको नभई रामनन्दन राउतले उक्त मन्दिर निर्माण गर्नु भएको हो भन्ने कुरा रामनन्दन राउत र चन्देश्वर राउत समेतको बण्डा छुट्याई मिति २०२२।७।६ गते महोत्तरी माल अड्डाबाट पारीत गराई लिनु दिनु गरेको बण्डापत्रको लिखतको शीर व्यहोराबाट प्रष्ट हुन आउँछ । प्रतिवादी मध्येका चन्देश्वरका बाबु रामनन्दनको पालादेखि रामदेव दाश वैष्णवसंगको सम्बन्धमा रहेको र निजले मन्दिर समेत निर्माण गरी रामदेव दाशलाई पुजारी राखी पूजा आजा गराई आएको र निज नित्य नैनित्य पूजा भोग राग चलनको निमित्त महोत्तरी जिल्ला अन्तर्गत परेकाले मौजा अन्तर्गतका विभिन्न कित्ताका जग्गाहरु रामजानकी मन्दिरको निमित्त समर्पण गरी मूल दाता हुनुभएको र वहाँको शेषपछि निजको छोरा चन्देश्वर राउतले नै दाताको हैसियतबाट पुजारी नियुक्त गर्ने र मन्दिरको हित र भलाईको निमित्त जो परेको काम गर्ने गरी आउनु भएको हुँदा कि.नं. २४८ को दर्ता धारक रामदेव दाश परलोक हुनु भए उपरान्त रामजानकीकै नाममा भए सरह मन्दिर निर्माण र जग्गा दर्ता तथा दाताको सगोलको परिवारको हैसियतले रामदेव दाशको नामबाट रामजानकीको नाममा दर्ता गराई जग्गा र मठ समेतको समूचित सुरक्षा गरी पाउँ भनी चन्देश्वर राउतको अनुरोध अनुसार गुठी संस्थान ऐन, २०३३ को दफा २० लाई अवलम्बन गरी यस कार्यालयले रामजानकीको नाममा दर्ता गरी