निर्णय नं. १०३२० - लागु औषध खैरो हिरोइन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३२० - लागु औषध खैरो हिरोइन भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०९/१९ ५५८० सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टरार्इ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।९।१९ ०७४-CF-०००३ मुद्दा:- लागु औषध खैरो हिरोइन पुनरावेदक / वादी : प्र.ना.नि. कृष्ण मानन्धरसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २० घर भई हाल कारागार कार्यालय नख्खुमा थुनामा रहेको रत्नबहादुर के.सी. समेत पुनरावेदकीय क्षेत्राधिकारमा प्रारम्भिक क्षेत्राधिकारको विस्तार (Extension of Original Jurisdiction) हुने भएको कारण सुरू अदालतसरह माथिल्लो तहको अदालतले पनि आवश्यकताअनुसार सबुत प्रमाण बुझ्नेलगायतका कार्यविधि पूरा गरी निर्णय गर्न सक्ने र दोहोर्यार्इ हेर्ने निवेदनमा माथिल्लो अदालतले सुपरीवेक्षकीय क्षेत्राधिकार (Supervisory Jurisdiction) अन्तर्गत ऐनमा तोकिएको सीमित आधारमा हेरिनु पर्ने । (प्रकरण नं.७) एउटै मुद्दामा कुनै प्रतिवादीलार्इ पुनरावेदन वा उच्च अदालतबाट १० वर्षभन्दा बढी कैदको सजाय भएको अवस्थामा १० वर्षभन्दा कम कैद सजाय भएका प्रतिवादीहरूले न्याय प्रशासन ऐनको दफा ९(१)(ख) बमोजिम पुनरावेदन गर्न पाउने नै हुन्छ । उक्तबमोजिम पुनरावेदन गर्न पाउने वा नपाउने भन्ने कुरा पुनरावेदन अदालत वा उच्च अदालतको फैसलाले तोकेको सजायको आधारमा निर्धारण हुने देखिन्छ । दश वर्षभन्दा बढी कैद सजाय हुने ठहरिएका प्रतिवादीले पुनरावेदन गरे वा नगरेको आधारमा मात्र अन्य प्रतिवादीको पुनरावेदन गर्ने कुरा निर्धारण गर्नु उचित नदेखिने । (प्रकरण नं.९) प्रतिवादीलाई १० वर्षभन्दा बढी कैद भएकोले निजको पुनरावेदन नपरेको भए पनि एउटै मुद्दामा कसैलार्इ १० वर्षभन्दा बढी कैद र कसैलार्इ १० वर्षभन्दा कम कैद भएको अवस्थामा कम कैद हुने प्रतिवादीहरूको हकमा समेत पुनरावेदन दर्ता गर्न मिल्ने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री खगराज पौडेल, सहन्यायाधिवक्ताद्वय श्री नारायणप्रसाद पौडेल, श्री रेवतीराज त्रिपाठी र उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री चन्द्रकान्त ज्ञवाली र विद्वान् अधिवक्ता श्री लिलाधर उपाध्याय अवलम्बित नजिर : ने.का.प.२०५९, नि.नं.७०७० ने.का.प.२०६४, नि.नं.७८४३ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ तथा २०७३ सुरू तहमा फैसला गर्ने :- मा.जिल्ला न्या. श्री महेशप्रसाद पुडासैनी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा.न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- का.जि.का.म.न.पा. वडा नं.९ तिलगंगा आँखा अस्पताल जाने सडकको दाहिने किनारामा भुपाल स्याङतान शंकास्पद अवस्थामा फेला परी कानूनबमोजिम निजको जिउ (शरीर) खानतलासी हुँदा निजले लगाएको हरियो रंगको कपडाको पाइन्टको अगाडि दाहिनेतर्फ बगलीमा सूर्य चुरोटको बट्टाभित्र सेतो नरम प्लाष्टिकमा पोका पारी लुकाई राखिएको अवस्थ