निर्णय नं. १०३२१ - अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३२१ - अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०४/३० ४६३८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७६।४।३० ०७५-NF-००३५ मुद्दाः- अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ । निवेदक / प्रतिवादी : जिल्ला रूपन्देही सिक्टहन गा.वि.स. वडा नं. ७ को हाल देवदह न.पा. वडा नं. १२ बस्ने वर्ष ९५ को सोमन धुनिया विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही बसन्तपुर गा.वि.स. वडा नं. ३ घर भई हाल सिक्टहन गा.वि.स वडा नं. ५ हाल कायम देवदह न.पा. वडा नं. १२ धन्छा बस्ने अ. वर्ष ६० को रहम्मद धुनिया स्वर्गे हुँदा मु.स. गर्ने निजको श्रीमती वर्ष ७२ की रफिकुल धुनिया न्याय प्रशासन ऐन, २०७३ आउनुभन्दा अगाडि प्रचलनमा रहेको न्याय प्रशासन ऐन, २०४८ को दफा ११(२)(घ) मा दफा १२ बमोजिम दोहोर्‍याएको मुद्दामा पुनरावेदन अदालतको इन्साफ सदर भएको भन्ने व्यवस्था रहेको छ । यी सबै व्यवस्थाहरूले सर्वोच्च अदालतले उच्च अदालत वा पुनरावेदन अदालतबाट भएको फैसला दोहोर्‍याई हेरेकोमा सो फैसला सदर भएको अवस्थामा मात्र पुनरावलोकनको निवेदन दिन नपाइने गरी स्पष्ट व्यवस्था गरेको देखिने । जिल्ला, पुनरावेदन तह र सर्वोच्च अदालतको फैसलामा एकरूपता नभएको अवस्थामा केही न केही कानूनी प्रश्न समावेश भएको हुन्छ र त्यस्तो विषयलाई सर्वोच्च अदालतको पूर्ण इजलासबाट हेरी निराकरण गर्नु आवश्यक हुन्छ भन्ने उद्देश्यका साथ उक्त कानूनी व्यवस्थाहरू भएको हो भनी अर्थ गर्दा तार्किक र न्यायपूर्ण हुन जाने । कानूनको व्याख्या गर्दा कानूनको उद्देश्य परिपूर्ति गरी खास उद्देश्य प्राप्तिको लागि बनेको खास व्यवस्था आकर्षित गर्दा जे परिणाम निस्कन्छ सोहीअनुरूप व्याख्या गरिनु पर्दछ । अन्य प्रयोजनका लागि बनेको खण्डमा गरिएको व्यवस्थालाई आधार मानी पक्षले प्राप्त गरेको न्यायिक उपचारको मार्गलाई संकुचित गर्नु न्याय र कानूनको मर्मविपरीत हुन जाने । (प्रकरण नं.२) हिसाब शान्ति भोग नभएको अवस्थामा पनि अबन्डा जग्गामा दाबी गर्न सकिने तर हदम्यादमा मात्र फरक पर्ने स्थिति देखिँदा लिखतमा अबन्डा गोश्वारा नलेखेकै कारणबाट मात्र कुनै सम्पत्ति अबन्डा गोश्वारा होइन भनी अर्थ गर्न नमिल्ने । अबन्डा भनी दाबी गरिएको सम्पत्ति बन्डा लाग्ने प्रकृतिको हो, होइन ? अंशियारबिचको व्यवहारबाट उक्त सम्पत्ति के कस्तो प्रकृतिको हो भन्ने आधारमा अबन्डा भए नभएको निष्कर्षमा पुग्नु न्यायोचित हुने । (प्रकरण नं.४) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री ईश्वरी भट्टराई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री इन्द्रप्रसाद शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रेमराज ढकाल रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल मा. न्यायाधीश श्री उदय प्रकाश चापागाई पुनरावेदन अदालत बुटवल यस अदालतको संयुक्त इजलासबाट फैसला गर्ने :- माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला न्या.हरिकृष्ण कार्की : यस अदालतको मिति २०७४/७/१४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) तथा देवानी कार्यविधि संहिता ऐन, २०७४ को दफा २२० को उपदफा (२) को खण्