निर्णय नं. १०३२४ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३२४ - जग्गा दर्ता भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०२/११ २५९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७५।२।११ ०६८-CI-०३४२ मुद्दाः जग्गा दर्ता पुनरावेदक / वादी : आशालाल महर्जनको नाति बेखालाल महर्जनको छोरा ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडा नं.२ बस्ने इन्द्र गोविन्द महर्जन विरूद्ध प्रत्यर्थी / प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, चारखाल, काठमाडौंसमेत जग्गाको दर्तावाला व्यक्तिलाई सुनुवाइको मौका नै नदिई निजको नाममा दर्ता भइरहेको जग्गा गुठी कायम गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तअनुकूल देखिन नआउने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०४४, अंक ८, नि.नं.३१८० सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः प्रशासक सेमन्तराज चापागाई गुठी संस्थान, केन्द्रीय कार्यालय, डिल्लीबजार पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश डा.श्री हरिवंश त्रिपाठी माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा पुनरावेदन अदालत पाटन फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ: ललितपुर जिल्ला, चापागाउँ गा.वि.स. वडा नं.३(क) कि.नं.५९, ६४ र ठेचो गा.वि.स. वडा नं.१(क) कि.नं.४१ को जग्गा साबिकदेखि म मोही भई कमाई आएको मोही महलमा हाकु देशार र जग्गा धनी महलमा यो जग्गा चक्र गुठीको थकाली बद्रि देशारको हो मैले कुत तिरी जोती खाई आएको छु भनी उल्लेख भएकोले म निवेदकको नाममा छुट गुठीमा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा पाउँ भन्ने हाकु देशारले गुठी तथा खर्च तहसिल, कार्यालयमा दिएको निवेदन । उल्लिखित कित्ता जग्गा कि.नं.४१ र ६४ को मोही महलमा हाकुचा देशार, जग्गा धनी महलमा बद्रि देशार किसानको बेहोरामा कि.नं.४१ मा यो जग्गा चक्र गुठीको हो, थकाली बद्रि देशार चापागाउँ बस्नेलाई २ मुरी धान, २ पाथी गहुँ, तिरी खाई आएको, त्यस्तै कि.नं.६४ मा यो जग्गा चक्र गुठीको हो, थकाली बद्रिको ५९ मध्येबाट जोती आएको छु भन्ने उल्लेख छ भने कि.नं.५९ मोही महलमा कि.नं.४१ अनुसार नै जग्गाधनी खाली र किसानको बेहोरा यो जग्गा चक्र गुठीको हो, थकाली बद्रि देशारको हो २ मुरी कुत तिरी खाई आएको छु । उल्लिखित जग्गाको मोठ स्रेस्ता झिकाई हेर्दा कि.नं.४१ र ६४ रैकरतर्फ दर्ता प्रमाणित भई तहतह हक हस्तान्तरण हुँदै हाल ललितपुर ठेचो गा.वि.स. बस्ने इन्द्र गोविन्द महर्जनका नाउँमा दर्ता भएको देखिन्छ भने कि.नं.५९ दर्ता बाँकी देखिन्छ भन्ने फिल्डबुकको बेहोरा । यिनै जग्गाधनी जनिएका व्यक्ति बद्रि देशारले रैकरतर्फ दर्ता गराएको झरूवारासी गा.वि.स. वडा नं.७(क) कि.नं.७४, ७५, ७६, ७३, ७८, ८३ र १४७ समेतका जग्गा गुठी संस्थानले मिति २०५३।४।१४ मा रैकरतर्फको लगत कट्टा गरी गुठी कायम गरेकोमा त्यसउपर पुनरावेदन परी पुनरावेदन अदालतबाट सम्बन्धित पक्षलाई बुझी पुनः निर्णय गर्नु भनी मिति २०५४।११।१६ मा फैसला भएको र सो फैसलापश्चात् रैकरतर्फ दर्ता गर्ने व्यक्ति बुझी पुनः मिति २०५६।१२।२५ मा रैकरतर्फ दर्ता भएको लगत कट्टा गरी गुठी कायम गर्ने गरी निर्णय पर्चा भएको । फिल्डबुकमा चक्र गुठी भनी पुनरावेदक पक्षले स्वीकार गरेको कुरामा निज विवन्धित पनि रहने देखिन