निर्णय नं. १०३२५ - दर्ता बदर दर्ता नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३२५ - दर्ता बदर दर्ता नामसारी भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०७/०५ २९६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७४।७।५ ०६८-CI-१३३० मुद्दा:- दर्ता बदर दर्ता नामसारी पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २१ बस्ने अनिता शाक्य विरूद्ध विपक्षी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २१ यङ्गाल बस्ने सूर्यमान डंगोलसमेत स्वबासी जग्गाको सम्बन्धमा अन्यथा प्रमाणित भएकोमा बाहेक भोगलाई नै स्वामित्व प्राप्त गर्न सक्ने मूल प्रमाणको रूपमा लिनुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्तात्रय श्री बालकृष्ण चौलागाइँ, श्री शोभा कार्की र श्री किरण कुमारी गुप्ता विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री ओम थपलिया र विद्वान्‌ अधिवक्ता श्री संजिवकुमार आचार्य अवलम्बित नजिर : ने.का.प.२०६७, अंक २, नि.नं.८३२० सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः- मेरी सासू लक्ष्मी शाक्यले काठमाडौं जिल्ला केलटोल बस्ने लछुमन बरहीको छोरा हेरालाल बरहीसँग मालपोत कार्यालय काठमाडौंबाट मिति २०१२।१।८ मा र.नं. ३६५९ बाट खरिद गरेको काठमाडौं महानगरपालिका वडा नं. २१ यङ्गालमा रहेको दक्षिण मोहडा भएको २ नाले ३ कबले ५ तल्ले पम्‍की झिंगटी छाना भएको घर र सो घरले चर्चेको सो घरसँगै उत्तरपट्टिको पूर्व पश्‍चिम लम्बाई हात ९, उत्तर दक्षिण गज हात ६ भएको बगैंचा र सो घर बगैंचाबाट चर्चेको लगापातसमेतको हाल नापीमा काठमाडौं महानगरपालिका वडा नं. २१ सिट नं. १०२-११०४-१७ कि.नं. ११११, कि.नं. १११२ र कि.नं. १११३ कायम भएकोमध्ये कि.नं. ११११ क्षेत्रफल ०-०-३-० घर जग्गा र कि.नं. १११३ क्षेत्रफल ०-०-२-० मा घर रहेको एउटै घरधुरीलाई बिचबाट कित्ताकाट गरी दुईवटा कित्ता बनाइएको रहेछ । बगैंचा उल्लेख भएको तरकारी साग लगाउने करेसाबारी कम्पाउन्ड पर्खालभित्र पर्ने घरसँगै जोडिएको जग्गालाई कि.नं. १११२ को छुट्टै कित्ता कायम गरिएको रहेछ । उल्लिखित कित्ताका जग्गाहरू उल्लिखित राजीनामामा उल्लिखित चार किल्लाभित्रको मेरो अविच्छिन्‍न भोगचलनमा रहेको स्ववासी घर जग्गा हो । नापी शाखा काठमाडौंबाट नापनक्सा हुँदा ३ कित्ता बनाइएको मात्र हो । मेरो ससुरा न्हुच्छेराज, सासू लक्ष्मी शाक्य र मेरो पति पूर्णराजको आफ्नै कालगतिले मृत्यु भएको हुँदा एकलौटी हकाधिकारको घर जग्गा हो । मैले मालपोत कार्यालयमा दर्ता नामसारी दा.खा. गरी पाउन कि.नं. ११११, १११२ र १११३ मध्ये कि.नं. १११३ दर्ता नामसारी मोहीको नाउँमा भइसकेको हुँदा राजीनामामा उल्लिखित चार किल्लाभित्रकै कि.नं. ११११ र १११२ जग्गा दर्ता नामसारी दा.खा. गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा पाउँ भनी दिएको निवेदनमा कारबाही हुँदा कि.नं. ११११ पूर्णमान डंगोलका नाममा दर्ता भई स्रेस्ता पुर्जा तयार भइसकेको हुँदा सो दर्ता बदर गरी निवेदिकाको मागबमोजिम स्वबासीमा दर्ता गर्न मिलेन । कि.नं. १११२ को जग्गा नापनक्सा हुँदा जोताह