निर्णय नं. १०३२६ - बन्डापत्र बदर दर्ता बदर दर्तासमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३२६ - बन्डापत्र बदर दर्ता बदर दर्तासमेत भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०६/०७ ४६७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।६।७ ०७२-CI-०९६७ मुद्दाः- बन्डापत्र बदर दर्ता बदर दर्तासमेत निवेदक / वादी : अशोककुमार लामाको बुहारी सुनिलकुमार लामाको पत्‍नी का.जि.का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने नानु लामा विरूद्ध विपक्षी / प्रतिवादी : पेमा ध्याम्जो लामाकी बुहारी स्व. अशोककुमार लामाको पत्‍नी ऐ.भ. घर नं. ४७ मा बस्ने श्रीमती सोममाया लामासमेत अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्‍याउने नाममा अंश नलिने गरी वा अति कम सम्पत्ति लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्न नमिल्ने । (प्रकरण नं.५) निवेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री रामनाथ मैनाली र श्री नारायणबल्लभ पन्त तथा विद्वान् अधिवक्ताहरू श्री गणेशबहादुर थापा र श्री बिक्रम राई विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू र विद्वान्‌ अधिवक्ता श्री सन्तोषकुमार पाण्डे अवलम्बित नजिर : ने.का.प.२०६८, अंक १०, नि.नं.८७०१ ने.का.प.२०७१, अंक ११, नि.नं.७२७९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री नरिश्वर भण्डारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विदुरविक्रम थापा माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः- विपक्षी सासू सोममाया लामाको नाउँमा दर्ता रहेका जग्गाहरू रोक्का राख्‍ने सिलसिलामा मोही विपक्षी सासू सोममाया लामा जग्गाधनी पशुपति महास्नान गुठी जनिई मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको काठमाडौं ६ सिट नं. १०६८-०३ को कि.नं. ३२६ को क्षे.फ. १-५-२-० जग्गा कि.का गरी कि.नं. ३९७ को क्षे.फ. ०-१०-३-० जग्गा विपक्षी पति सुनिलकुमार लामाको नाउँमा र ऐ.ऐ. कि.न. ३९६ को क्षे.फ. ०-१०-३-० देवर शुशिल लामाको नाउँमा मेरोसमेत अंश हक लाग्ने सगोलको उक्त पैतृक सम्पत्ति आपसमा दूषित अंशबन्डा गरी विपक्षी सासू सोममायाको नाउँमा भने सम्पूर्ण रैकर बौद्धनाथ मन्दिरसँगै रहेको काठमाडौं नगर ६, सिट नं. १०२८-२३ को कि.न. ३१९ को क्षे.फ. ०-२-३-३ जग्गा घरसमेत, ऐ.ऐ. सिट नं. १२८-१८ को कि.नं. २४५ को क्षे.फ. ०-९-२-२ जग्गा ऐ.ऐ. कि.नं. २४७ को क्षे.फ. ०-४-१-१- जग्गा र ऐ.ऐ. कि.नं. ४१४ को क्षे. फ. ३१.८० व.मि. जग्गासमेत आफ्नो नाउँमा राखी छोराहरूलाई भने जग्गाधनी पशुपतिनाथ महास्नान गुठी मोही विपक्षी सोममाया लामा जनिएको काठमाडौं नगर ६, सिट नं. १०६८-०३ को कि.नं. ३२६ को क्षे.फ. १-५-२-० जग्गा कि.का. गरी बौद्धदेखि टाढा वडा नं. ८ को सिमामा पर्ने कम मूल्य कम क्षे.फ. ऐ.ऐ. कि.नं. ३९७ को क्षे.फ. ०-१०-३-० जग्गा विपक्षी देवर शुशिल लामाको नाउँमा राखी मिति २०६९।९।२९ र.नं. ३१६४ ख को अंश बन्डाको लिखतमार्फत पैतृक सम्पत्ति बाँडफाँड गरी मेरो पति सुनिलकुमार लामाले बुझेको सम्पत्ति विपक्षी सोममाया लामाले प्राप्त गरेको सम्पत्तिको तुलनामा अत्यन्त कम मूल्य, कम क्षेत्रफल, महत्त्वहीन, मूल्यहीन, घरसमेत नप