निर्णय नं. १०३३० - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३३० - परमादेश भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/१०/२८ ८२३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७५।१०।२८ ०७५-WO-००५२ मुद्दा:- परमादेश निवेदक : का.जि.का.म.न.पा. वडा नं. १० बस्ने अधिवक्ता पदमबहादुर श्रेष्ठसमेत विरूद्ध विपक्षी : कृषि तथा पशुपन्छी मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत सार्वजनिक हित वा सरोकारको विषय वा क्षेत्र यति नै हो भनेर सूचिकृत गर्न सकिँदैन । यो प्रत्येक विवादको तथ्यगत सन्दर्भमा निरूपण गरिने विषय देखिने । अदालतबाट निरूपण गरिने सार्वजनिक सरोकारको विवादको अर्थ लगाउँदा संविधान वा कानूनद्वारा प्रदत्त हक अधिकारको आधारमा अर्थ लगाउनुपर्ने । (प्रकरण नं.२) संविधान वा कानूनद्वारा अदालतलाई प्रदान भएको अधिकार, न्यायिक कामको प्रकृति र सीमा तथा निरूपण गरिने विषयउपरको सार्वजनिक सम्बन्ध जस्ता कुराहरूको मूल्याङ्कन गरेर मात्र अदालतले सार्वजनिक सरोकारको विषयमा सुनुवाइ गरी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं.३) पशुहरूलाई स्वच्छ र स्वस्थ वातावरणमा बस्न पाउने अवस्थाको सिर्जना गर्नु सबैको कर्तव्य हुने । भयमुक्त भएर स्वस्थ र शान्तिपूर्वक बाँच्न पाउने पशुपन्छीहरूको समेत अधिकार हुने । (प्रकरण नं.२८ र ३३) क्रूर, निर्दयी तथा अमानवीय व्यवहार रोकी पशुपन्छीहरूको हक अधिकार सुरक्षित गरी पशुपन्छीहरूको कल्याण गर्न नेपालमा पनि एउटा एकीकृत प्रभावकारी पशु कल्याण ऐन निर्माण गरी लागु गर्न आवश्यक भइसकेको देखिँदा निवेदन मागदाबीबमोजिम पशु कल्याण ऐन निर्माण गरी लागु गर्नुपर्ने । (प्रकरण नं.४६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रवि नारायण खनाल, डा.अम्बरप्रसाद पन्त, डा.ताराप्रसाद सापकोटा, डा.चन्द्रकान्त ज्ञवाली र विद्वान् अधिवक्ताहरू श्री पदमबहादुर श्रेष्ठ, श्री नारायणप्रसाद आचार्य, श्री विकास भट्टराई र श्री षटकोण श्रेष्ठ, श्री शान्तादेवी खनाल, श्री शिवकुमार यादव, श्री पदमबहादुर शाही, श्री शान्ता पन्त, श्री विष्णुकुमार थोकर, श्री इन्दिरा सिलवाल, श्री सत्य सापकोटा, श्री राजु फुयाल, श्री श्रीधरा कुमारी पुडासैनी, श्री कृष्णगोपाल अर्याल, श्री रशेश बैध, श्री शोभा कार्की, श्री युद्धमान महर्जन, श्री जुजुकाजी महर्जन, श्री सुदिप पौडेल, श्री विकासकुमार ठाकुर, श्री भुवनप्रसाद वाग्ले, श्री सुलोचना धिताल, श्री सुनिता भुजेल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ पशु ढुवानी मापदण्ड, २०६४ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- हामी निवेदकहरूले वातावरण कानूनको विषयमा अध्ययन अनुसन्धान र कानून कार्यान्वयनमा विभिन्न किसिमले काम गर्दै आएका छौं । यसै क्रममा हामीले मासुको रूपमा प्रयोग गर्दै आएको पशुहरूको बध गरी खानयोग्य मासु तयार हुनुअघि त्यस पशुलाई एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्ने क्रममा आजसम्म गरिँदै आएको क्रूर निर्दयी व्यवहारले पशुलाई पुग्न गएको कष्ट र त्यसको मासु हामीले प्रयोग गर्ने गरेको सन्दर्भमा अध्ययन गर्दा पशुलाई बध गर्नुअघि गरिने