निर्णय नं. १०३३१ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३३१ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/१०/०६ २२९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७५।१०।६ ०७५-WH-०००५ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : नुवाकोट जिल्ला, साबिक तलाखु गा.वि.स. वडा नं. २ हाल परिवर्तित जिल्ला नुवाकोट, शिवपुरी गा.पा. वडा नं. १ घर भई हाल कारागार कार्यालय, नुवाकोट, ढुङ्गे, विदुरमा कैदमा रहेको प्रेमबहादुर तामाङको हकमा निजको छोरी ज्वाईं धने लामा विरूद्ध विपक्षी : नुवाकोट जिल्ला अदालत, विदुर, नुवाकोटसमेत कैद लागेको व्यक्ति र सो कैद असुलउपर गर्न पक्राउ परेको व्यक्ति एउटै व्यक्ति रहे भएको नदेखिएको अवस्थामा उनाउ व्यक्तिबाट भएको कसुरको सम्बन्धमा अन्य व्यक्तिलाई पक्राउ गर्दा निजको सं‌विधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हकको हकमा गम्भीर आघात पुग्न जाने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री रामनाथ मैनाली, विद्वान्‌ अधिवक्ताहरू श्री काशीप्रसाद घिमिरे, श्री विक्रम राई र श्री गणेशबहादुर थापा विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.मीरा खडका : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः- नुवाकोट जिल्ला अदालतबाट वि.सं. २०४१ को स.फौ.नं.१७/६६ को जिउ मास्ने बेच्ने मुद्दामा भएको फैसलाबाट १० (दश) वर्ष कैद तोकिएको प्रतिवादी कामी तामाङ भन्ने व्यक्ति म होइन भनी भन्दाभन्दै सो कुरालाई प्रमाणित गराउने समयसम्म पनि नदिई, कुनै कुरा बुझ्न इन्कार गरी प्राकृतिक न्यायको सिद्धान्तविपरीत विनासबुद प्रमाण उक्त फैसला कार्यान्वयनको नाममा निरपराध मेरो ससुरा प्रेमबहादुर तामाङलाई विपक्षी जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरी विपक्षी नुवाकोट जिल्ला अदालतले १० (दश) वर्ष कैद तोकी कैदी पुर्जी थमाई विपक्षी कारागार कार्यालय, नुवाकोटमा पठाई कैदमा राखिएको छ । यसरी विपक्षीहरूले नेपालको संविधानद्वारा प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६), स्वतन्त्रताको हक (धारा १७), समानताको हक (धारा १८), न्यायसम्बन्धी हक (धारा २०), यातना विरूद्धको हक (धारा २२) तथा सूचनाको हक (धारा २७) समेतको प्रतिकूल हुने गरी मेरो ससुरा प्रेमबहादुर तामाङलाई गैरकानूनी ढंगले पक्राउ गरी थुनामा राखिएको हुँदा ती संवैधानिक तथा कानूनी हक तथा अधिकारहरू प्रचलन गराउन अर्को कुनै वैकल्पिक एवं प्रभावकारी उपचारको बाटो केही नभएको हुँदा नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३२ को उपनियम (१) को देहाय (क), ऐ. नियम ३३ तथा नियम ३४ बमोजिम प्रस्तुत रिट निवेदन लिई सम्मानित अदालतको शरणमा उपस्थित भएको छु । यसरी मिति २०४१ सालको स.फौ.नं. १७/६६ को जिउ मास्ने बेच्ने मद्दामा नुवाकोट जिल्ला अदालतबाट मिति २०४१।१२।१४ मा भएको फैसलाबाट १० (दश) वर्ष कैद सजाय तोकिएको प्रतिवादी कामी तमाङलाई पक्राउ गरी कैद असुल गर्नु पर्नेमा विपक्षीहरूले उक्त मुद्दासँग कुनै सरोकार नभएको निरपराध मेरो ससुरा प्रेमबहादुर तामाङलाई गैरकानूनी ढंगले पक्राउ गरी १० (दश) वर्षको लागि कैदमा राखेको हुँदा विपक्षीहरूको त्यस किसिमको गैरजिम्मेवारपूर्ण तथा गैरकानूनीपूर्ण सम्पूर्ण कार्यलाई ने