निर्णय नं. १०३३२ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३३२ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०१/२२ ३४०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।१।२२ ०७३-CR-१२६२ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक पिस्कर गा.वि.स. वडा नं.७ स्थायी घर भई हाल कारागार कार्यालय, डिल्लीबजार, काठमाडौंमा थुनामा रहेका साइला भन्ने मानकुमार थामी विरूद्ध प्रत्यर्थी / वादी : रामकृष्ण तिमल्सिनाको जाहेरीले नेपाल सरकार घटनाको तत्कालै जाहेरी नपरेको भन्ने आधारमा मात्र कानूनले निर्धारण गरेको हदम्यादभित्र परेको जाहेरी दर्खास्तलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ओमप्रसाद थपलिया प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६३, अंक १०, नि.नं.७७७२, पृ.१२९४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई माननीय न्यायाधीश श्री किशोर सिलवाल पुनरावेदन अदालत पाटन फैसला न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भई नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची-१२ को ढाँचामा तयार गरिएको छ । जाहेरी दर्खास्त‚ अभियोग पत्रलगायतका तथ्य खण्ड, भक्तपुर जिल्ला अदालतको फैसला, पुनरावेदन अदालत पाटनको फैसलाको बेहोरासमेत सोही अदालतबाट भएका फैसलाबाट देखिने हुँदा यहाँ सोको पुनरावृत्ति गरिएको छैन । अदालतको ठहर प्रतिवादीहरू मानकुमार थामी र चन्द्रप्रकाश धामीले परिवर्तित भक्तपुर २७(s) लाई निजको अश्लिल भिडियोसमेत बाहिर ल्याई दिने डर त्रास देखाई जबरजस्ती करणी गरेकोले निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम सजाय र ऐ. ऐनको ३(क) नं.बमोजिम थप सजायसमेत गरी सोही महलको १० नं. र १०(ग) नं.बमोजिम पीडितलाई उचित क्षतिपूर्तिसमेत भराई पाउँ भन्ने अभियोग दाबी भएकोमा दुवैजना प्रतिवादीहरूलाई जबरजस्ती करणीको महलको ३(४) नं.बमोजिम जनही ५(पाँच) वर्ष कैद र सोही महलको ३(क) नं.बमोजिम जनही थप पाँच वर्षसमेत गरी जनही १०(दश) वर्षका दरले कैद हुने र प्रतिवादीहरूबाट जनही रू.५०,०००।- (पचास हजार) का दरले पीडितले जम्मा रू.१,००,०००।- (एक लाख) क्षतिपूर्ति भराई पाउने ठहर्याई भक्तपुर जिल्ला अदालतबाट मिति २०७१।११।११ मा फैसला भएको देखियो । सो फैसलाउपर वादी तथा दुवै प्रतिवादीहरूको छुट्टाछुट्टै पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट अभियोग दाबीबमोजिम कसुर ठहर गरेको तथा क्षतिपूर्ति भराई दिने ठहर्याएको हदसम्म सुरू फैसला सदर हुने र पीडितको उमेर १४ वर्षभन्दा माथि १६ वर्षभन्दा कम उमेरको देखिएकोले प्रतिवादीहरूलाई सजायको हकमा जबरजस्ती करणीको महलको ३(३) नं.बमोजिम जनही ६(छ) वर्ष कैद र सोही महलको ३(क) नं.बमोजिम जनही थप पाँच वर्षसमेत गरी जनही ११(एघार) वर्षका दरले कैद हुने ठहर्याई मिति २०७३।०२।२५ मा फैसला भएको देखियो । सो फैसलाउपर प्रतिवादी मानकुमार थामीको चित्त नबुझी प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ । प्रतिवादी चन्द्रप्रकाश धामीको पुनरावेदन परेको रेकर्डबाट देखिएन । प्रतिवादी मानकुमार थामीले पुनरावेदनपत्रमा प्रस्तुत मुद्दामा आ