निर्णय नं. १०३३३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३३३ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०३/३० ३०९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।३।३० ०७४-WO-०००९ मुद्दा:- उत्प्रेषण / परमादेश निवेदक : जिल्ला सुनसरी स्थायी घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३१ बागबजार बस्ने विप्लब पोखरेलसमेत विरूद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौंसमेत विद्यापरिषद् स्थायी समिति जस्तो संस्थाले एक पटक विद्यार्थी भर्ना सम्बन्धमा सञ्चालन गरिने प्रवेश परीक्षाका लागि न्यूनतम योग्यता निर्धारण गरी सो सम्बन्धमा सूचनासमेत प्रकाशन गरिसकेपछि उक्त तोकिएको योग्यता पुगेको विद्यार्थीको समग्र मूल्याङ्कन नै नगरी आफ्नो निर्णयको कार्यान्वयन आफैँ स्थगन गर्ने कार्यबाट संस्था र सोसँग सम्बन्धित पदाधिकारीहरूको विश्वसनीयताउपर नै शंका र दुविधा उत्पन्न हुने प्रशस्त सम्भावनाहरू रहन जाने । अर्काको अधिकारमा कुनै रोक लगाउने वा न्यून गर्ने वा नियन्त्रण गर्ने हरेक निर्णयमा मनासिब आधार, कारण र औचित्य देखिनु पर्ने । प्रवेश परीक्षामा भर्ना हुन आवश्यक पर्ने न्यूनतम योग्यता निर्धारणको विषय प्राज्ञिक परिषद्को मात्र सरोकारको विषय नभई विद्यार्थीको भविष्यसँग गाँसिएको र शैक्षिक पद्धतिको स्थायित्वको विषयसमेत भएकोले त्यस्तो निर्णय गर्दा सम्बन्धित पदाधिकारीहरूको जिम्मेवारी अझ बढी गम्भीर हुन जाने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विजयकान्त मैनाली तथा विद्वान् अधिवक्ता श्री जयलाल भण्डारी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणप्रसाद खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ आदेश न्या.मीरा खडका : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड हामी निवेदकहरू यसै शैक्षिक-सत्रमा विज्ञान विषय लिई १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थी हौं । १२ कक्षापछि हामीले इन्जिनियरिङ विषय अध्ययन गर्ने इच्छा भई त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्बन्धन प्राप्त कलेजहरूमा अध्ययन गर्ने विचार गर्यौं । यसै समयमा मिति २०७४।३।११ मा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश-परीक्षा बोर्डबाट शैक्षिक वर्ष २०७४/०७५ को स्नातक (वि.इ./वि.आर्क.) तहको प्रवेश-परीक्षा सम्बन्धमा सूचना प्रकाशित भयो । सूचनाअनुसार हामी सो प्रवेश परीक्षामा संलग्न हुन योग्य भयौं । सोको लागि Online फर्म मिति २०७४।३।२७ देखि खुल्ने भएको हुँदा हामी सम्पूर्ण तयारी गरी बसेका थियौं । यसै अवस्थामा पुन: मिति २०७४।३।१७ मा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गोरखापत्रमा सूचना प्रकाशित भएछ । सो सूचनामा न्यूनतम शैक्षिक योग्यतामा १०० पूर्णाङ्कको गणित विषय भन्ने ठाउँमा २०० पूर्णाङ्कको गणित विषय कायम गरिएको छ भन्ने उल्लेख भएको रहेछ । सो सूचनाअनुसार हामी प्रवेश परीक्षामा संलग्न हुन नसक्ने अवस्था सिर्जना भयो । विपक्षी प्रवेश परीक्षा बोर्डबाट प्रकाशित उक्त सूचनाबाट हामीलगायत हजारौं विद्यार्थी मर्माहत भएका छौं । यसरी संशोधित सूचना प्रकाशित गर्नुपर्ने कारण र Rationality सोध्दा विपक्षी बोर्डले चित्त बुझ्दो कारण र आधार दिन सकेन । नेपालका अन्य विश्वविद्यालयले १०० पूर्णाङ्कको गणित विषय लिई १२ कक्षा उत्तीर्ण वि