निर्णय नं. ८२६० - अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६० - अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ । भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/२५ ५६२९ निर्णय नं. ८२६० फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६१ सालको दे.पु.नं. : ८३१७ फैसला मितिः २०६६।७।२५।४ मुद्दा : अबण्डा जग्गा बण्डा गरिपाऊँ । पुनरावेदक/वादीः धनुषा जिल्ला, मानसिंहपटिृ गा.वि.स. वडा नं. ३ बस्ने तुरन्त मण्डल विरुद्ध प्रत्यर्थी प्रतिवादीः धनुषा जिल्ला, मानसिंहपटिृ गा.वि.स. वडा नं. ३ बस्ने उत्तिमप्रसाद मण्डल § अंशबण्डा गोश्वाराको लिखतमा उल्लेख नभएको अवस्थामा पनि हिसाव शान्ति दुबै थरको भोग भएको वा भोग नभएकोमा समेत अघि बण्डा भै बाँकी रहेको सम्पत्ति पाऊँ भनी नालिस गर्नसक्ने । (प्रकरण नं. २) § बण्डापत्रमा अबण्डा भनी उल्लेख नहुँदैमा बण्डापत्रमा नसमेटिएको सम्पत्तिमा कुनै एक पक्षको मात्र हक लाग्छ भन्ने अर्थ गर्दा अंश हकको संकुचित व्याख्या हुन जाने । (प्रकरण नं. ३) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश के.सी. प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता जानकीप्रसाद गिरी अवलम्वित नजीरः सम्बद्ध कानूनः § अ.वं. ३५, १३९ नं. फैसला का.मु.प्र.न्या.अनूपराज शर्माः पुनरावेदन अदालत जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :- स्व.असर्फी मण्डलको ३ भाइ छोराहरूमध्ये जेठा नथुनी मण्डल, माहिला म फिरादी तुरन्त मण्डल, कान्छा प्रतिवादी उत्तिमप्रसाद भएकोमा हामीहरूको बीच मिति २०४३।८।२९ मा दे.नं. ८४७ को अंश मुद्दाबाट अंश लिई दिई मिलापत्र भएकोमा गाउँ ब्लक भित्रको अबण्डा जग्गा मिलापत्र नभएको र हाल आमा पनि स्वर्गीय भै सक्नु भएको, दाजु नथुनी मण्डल पनि बेग्लै बसेकोले अबण्डा जग्गा दुई भागको एक भाग लगाई पाउन पूर्वमा मुखलाल, पश्चिममा सडक, उत्तरमा मुखलाल र लखन मण्डल, दक्षिणमा वासुदेव मण्डल नथुनी मण्डल यति चार किल्ला भित्रको जिल्ला धनुषा, मानसिंहपट्टी गा.वि.स. वार्ड नं. ३ अन्तर्गतको उत्तर मुख पूर्व पश्चिम ६७ फीट दक्षिण मुख पूर्व पश्चिम वासुदेवको साधमा ४५ फीट नथुनीको साँधमा ४० फीट पूर्व मुख गोठ घर ३१ फीट भान्सा घर २४ जम्मा ५५ फीट पश्चिम मुख ४८ फीट भएको सो जग्गामा पाँच कोठाको पक्का घर भान्सा गोठ घर चर्पी समेत त्यस्तै सोही वार्डको सडकदेखि पश्चिम, सडकदेखि उत्तर, रामजी मण्डलदेखि पूर्व, विशेश्वर मण्डल जुगाई मण्डलदेखि दक्षिण यति चार किल्ला भित्रको १४ धुर समेतको अबण्डा जग्गा मध्ये बण्डा छुट्याई पाऊँ भन्ने फिराद दावी । वादी दावी झूठा एवं मनोगत हो, किन भने दे.नं. ८४७ को अंश मुद्दा मिलापत्र हुँदा गाउँ व्लकको घडेरी जग्गाहरू आपसी समझदारी अनुसार वाँडफाँड भैसकेपश्चात् वादीले जनकपुरको घर जग्गा वादीकै हक भोगमा परेको र दाजु नथुनी मण्डल आफ्नो भाग भोगको जग्गामा घर बनाई बसोबास गर्दै आएको र हाल वादीले दावी लिएको जग्गा घर म उत्तिमप्रसाद मण्डलको हक भोगमा रहेकोले वादीको दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर । हामीहरू अंशियार भएकोमा कुनै विवाद छैन । मिति २०४३।९।२९ गतेमा मिलापत्र हुँदा गाउँ ब्लकको घडेरी जग्गा हामी तीनै अंशियारको समझदारीअनुसार मेरो भागको घडेरी जग्गा छुट्याई दिएका हुन् । त्यसमा कसैको अंश हक लाग्दैन र बाँकी घडेरी जग्गामा यी वादी प्रतिवादीको अंश