निर्णय नं. १०३३४ - चेक अनादर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३३४ - चेक अनादर भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०५/१७ २२६४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।५।१७ ०७३-CR-०९९२ मुद्दा: चेक अनादर पुनरावेदक / वादी : हर्षबहादुरको नाति रत्‍नबहादुर प्रजापतिको छोरा भक्तपुर जिल्ला मध्यपुरथिमी न.पा. वडा नं. ११ बस्‍ने दानबहादुर प्रजापति विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भक्तबहादुरको नाति कृष्णबहादुर थापाको छोरा काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं.८ को हाल कागेश्वरी मनोहरा न.पा.वडा नं.८ बस्ने राजु थापा कुनै व्यक्तिलाई दिएको चेक स्वतः अनादर भएको भनी कानूनले मान्‍न मिल्दैन । धारकले सो चेक बैंकसमक्ष भुक्तानीको लागि प्रस्तुत गर्नु पर्दछ । साथै बैंकबाट चेक भुक्तानीको लागि पर्याप्त निक्षेप नरहेको भनी प्रमाणित भएकै हुनुपर्ने । (प्रकरण नं.६) चेक ड्रयीले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्थामा चेक अनादर हुने अवस्थाको सिर्जना हुन्छ । साथै चेक प्रदान गर्ने खातावालाको खातामा पर्याप्त रकम नभएको कारण बैङ्कबाट चेक धारकले रकम भुक्तानी पाउनबाट वञ्चित भएको अवस्थामा समेत चेक अनादर हुने । चेक भुक्तानीको लागी प्रतिवादीले वादीको नाममा चेक काटी दिएपछि वादीले कानूनले तोकेको समय सीमाभित्र भुक्तानीको लागि चेक बैंकसमक्ष प्रस्तुत गर्नुपर्ने दायित्व र जिम्मेवारी पुनरावेदक वादीकै हुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री पुण्यप्रसाद अर्याल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री पुरूषोत्तम मिश्र अवलम्बित नजिर : ने.का.प.२०७५, फागुन, नि.नं.१०१३७ सम्बद्ध कानून : विनिमेय अधिकारपत्र ऐन, २०३४ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादीका तर्फबाट निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड विपक्षी प्रतिवादीमध्ये राजु थापाले म वादीसँगको काठमाडौं जिल्ला अदालतमा चलेको जग्गा दर्ता नामसारी मुद्दामा प्रतिवादीहरू काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. ६ बस्ने हरिप्रसाद खनालसमेतसँगको मुद्दामा काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. ६क कि.नं. ६४ र ६५ को जग्गासम्बन्धी मुद्दामा मिलापत्र गराई दिन्छु भनी म वादीसँग कुराकानी भएको थियो । सोअनुसार जग्गामा मोहीले दाबी छोड्ने गरी विपक्षी राजु थापाले मध्यस्थताको भूमिका खेलिदिने विश्वासमा परी उक्त मुद्दासम्बन्धी सम्पूर्ण जिम्मा लिने गरी म वादीबाट रू.२५,००,०००।– लिनु भएको छ । त्यसपछि निज विपक्षीले उक्त मुद्दा मिलापत्र गराउन नसकेपछि मबाट लिएको रकम फिर्ता माग गर्दा विपक्षी प्रतिवादी राजु थापाको नामको NDEP Development Bank Ltd. कोटेश्वर शाखाको खाता नं. Normal Saving A/C ३०१२०००२७२ को चेक नं. BlG ००६९५८० मिति २०६८।१।२ मार्फत म फिरादी दानबहादुर प्रजापतिलाई रू.२५,००,०००।– को चेक विपक्षी राजु थापाले दिएका थिए । उक्त चेकमा निज खातावालाको नाममा पर्