निर्णय नं. १०३३५ - नाबालकसँग अप्राकृतिक मैथुन गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३३५ - नाबालकसँग अप्राकृतिक मैथुन गरेको भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०३/०७ ४९०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।३।७ ०६७-CR-००२० मुद्दाः- नाबालकसँग अप्राकृतिक मैथुन गरेको पुनरावेदक / वादी : परिवर्तित नाम क कुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला मलंगवा न.पा. वडा नं.९ घर भई हाल भक्तपुर न.पा. वडा नं.७ सिद्धी स्मृति महिला तथा बाल अस्पतालमा कार्यरत सन्तोष कुशवाह आशय करणीमा यौनिक प्रकृतिको कार्य (Sexual in Nature) भए तापनि करणी गर्ने मनसाय नहुन सक्दछ । आसय करणीमा यौन दुर्व्यवहार मात्र पनि हुन सक्दछ । जसमा यौनजन्य कुरा लेखेर, देखाएर, हेरेर, छोएर वा बोलेर पीडितलाई हतोत्साही गरी आत्मसम्मानमा आघात लाग्ने कार्य गर्न सक्दछन् । जबरजस्ती करणीको कसुरमा करणीको मनसायको साथै त्यो मनसायलाई कार्यरूप दिने क्रियासमेत भएको हुनुपर्ने । शरीरको अङ्ग हेर्ने छुने काममा मात्र प्रतिवादी सीमित नरही यौनिक आसयलाई कार्यरूप दिई पीडितमाथि अमानवीय क्रिया गरी पीडितको मानसिक अवस्था मात्र नभई शारीरिक क्षतिसमेत भई Hymen च्यातिएको अवस्थामा प्रतिवादीले पीडितउपर गरेको कार्य आशय करणी मात्र गरेको भन्ने अवस्था नदेखिने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री रञ्जितभक्त प्रधानाङ्ग तथा अधिवक्ता श्री नमस कार्की अवलम्बित नजिर : ने.का.प.२०६९, अंक ७, नि.नं.८८६० ने.का.प.२०७३, अंक १, नि.नं.९५१९ ने.का.प.२०७५, अंक ५, नि.नं.१००१९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री बलभद्र बास्तोला भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश डा. श्री हरिवंश त्रिपाठी माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मेरो बहिनी वर्ष १३ की ख कुमारीको पेट दुखेको हुँदा मिति २०६४।५।१ गते उपचारका लागि आमा ग कुमारीसँग भक्तपुर नगरपालिका वडा नं.७ भेलुखेल स्थित सिद्धी स्मृति महिला तथा बाल अस्पतालमा गएकी र तत्काल डाक्टरसँग जाँच गराउँदा छाती तथा पेटको एक्सरे गर्न लेखिदिएपछि एक्सरेको लागि रसिद काटी एक्सरे गर्न एक्सरे कोठामा गएकी र एक्सरे गर्ने सन्तोष कुशवाहले एक्सरे गर्दा आमालाई उक्त कोठा बाहिर राख्न लगाई ख कुमारीको समिजसमेतका माथि शरीरमा लगाएको लुगा फुकाल्न लगाई निज बहिनीको छातीमा हातले चलाई स्तनमा दुईवटै हातले बेस्सरी दुख्ने गरी समाती, चलाई मुखले म्वाई खाई चुसी कट्टुभित्र हात हाली संवेदनशील स्त्री जननेन्द्रियमा छामी चलाई योनिबाट औंला भित्र छिराई बेस्सरी चलाउँदा ख कुमारीले ऐया ऐया भनी कराएपछि हातमा लागेको रगत बहिनी ख कुमारीको छातीमा पुछी अँगालो मारेर बोकेर टुलबाट तल राखेको बेलामा बाहिरबाट कोठा खोलेपछि सन्तोष