निर्णय नं. १०३३६ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३३६ - ज्यान मार्ने उद्योग भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/१२/०४ ५१७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।१२।४ ०६७-CR-१०२६ मुद्दाः- ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : इन्दिरा महर्जनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २६ बस्ने सन्जु श्रेष्ठसमेत प्रतिवादीले ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने हुन्छ । ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको पनि हुन सक्दछ वा नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भए पनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्त्वहरूको विद्यमानता हुन नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ५, नि.नं.८१५० सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री मीरा खड्का पुनरावेदन अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- मिति २०६४।३।३ गते बेलुका १९:०० बजेको समयमा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२८ सिगल भन्ने स्थानमा सञ्जु श्रेष्ठसहितका व्यक्तिहरूले मेरो छोरा मनिष महर्जनलाई कुटपिट गरी अंगभंगसमेत तुल्याएको र वीर अस्पतालमा लगेर भर्ना गरेका छन् भन्ने थाहा पाई म उक्त अस्पतालमा गएर हेर्दा मेरो छोराको उपचार भइरहेको थियो । निजको शरीरमा गम्भीर चोट लागी अंगभंगसमेत भएको भनी उपचारमा संलग्न चिकित्सकबाट थाहा पाएँ । मेरो छोरालाई मरणासन्न हुने गरी कुटपिट गरी अपराध गर्ने व्यक्ति एक जना मात्र पक्राउ परेको र अरू व्यक्तिहरू फरार रहेको हुँदा प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारबाही गरी सजाय होस् र औषधी उपचारमा लाग्ने खर्च तथा क्षतिपूर्तिसमेत भराई पाउँ भन्नेसमेत बेहोराको इन्दीरा महर्जनको जाहेरी दर्खास्त । सञ्जु श्रेष्ठलाई खोज्दै जाँदा किलागलमा फेला पारी प्रतिवेदनसाथ दाखिला गरी कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २८ सिगलदेखि पूर्वमा राम श्रेष्ठको घर, पश्चिममा गुम्बा, उत्तरमा ठमेल जानेबाटो र दक्षिणमा बाङ्गेमुढा आउने बाटो यति चार किल्लाभित्र रहेको स्थानमा मिति २०६४।३।३ गते बेलुका १९:०० बजेको समयमा खिचापोखरी बस्ने वर्ष २१ को मनिष महर्जनलाई किलागल बस्ने अं. वर्ष २४ को सञ्जु श्रेष्ठसमेतका अन्य नाम, थर, वतन थाहा नभएका व्यक्तिहरूले धारिलो हतियार खुकुरी प्रहार गरी ढाड, टाउको, बायाँ हातमा गहिरो चोट पुर्‍याई घाइते बनाएको भन्ने बेहोराको घटनास्थल मुचुल्का । मिति २०६४।३।८ गतेको Stab Injury भन्ने बेहोराको घाउ केस फारामको वीर अस्पतालको प्रतिवेदन । मिति