निर्णय नं. १०३३७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३३७ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०४/२६ २७६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।४।२६ मुद्दाः- उत्प्रेषण / परमादेश ०७१-CI-००८६ पुनरावेदक / विपक्षी : मालपोत कार्यालय, रूपन्देही विरूद्ध प्रत्यर्थी / निवेदक : जिल्ला रूपन्देही पडसरी गा.वि.स. वडा नं. ४ बस्ने वंशबहादुर यादवको मु.स.गर्ने ऐ.ऐ. बस्ने प्रदिपकुमार यादवसमेत ०७३-CI-०५०१ पुनरावेदक / विपक्षी : जिल्ला रूपन्देही, पडसरी गा.वि.स.वडा नं.४ बस्ने भोलाप्रसाद यादवसमेत विरूद्ध प्रत्यर्थी / निवेदक : जिल्ला रूपन्देही पडसरी गा.वि.स. वडा नं. ४ बस्ने वंशबहादुर यादवको मु.स.गर्ने ऐ.ऐ. बस्ने प्रदिप कुमारसमेत कार्यालयको त्रुटि वा कमजोरीका कारणबाट पक्षको हक समाप्त हुँदैन । मिलापत्रको माध्यमबाट स्थापित हक दर्ता प्रक्रियामा सरकारी कार्यालयबाट गरिएको त्रुटि (कार्यविधिगत त्रुटि) को कारणबाट पक्षको हक समाप्त भएको भनी मान्न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी, विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री नीलम पौडेल पुनरावेदन अदालत बुटवल आदेश न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- विपक्षी शम्भु र भोलाका बाबु कोमलप्रसाद यादव र म वंशबहादुरबिचमा रूपन्देही जिल्ला अदालतमा चलेको अंश मुद्दामा मिति २०६४।१।२० गते कोमलप्रसाद यादवका नाममा दर्ता रहेको जिल्ला रूपन्देही, पडसरी ४(क) कि.नं. ८१ ज.वि. ५-७-३ मध्ये पश्चिमतर्फबाट ज.वि.२-११-० जग्गा लिर्इ मिलापत्र भएको र उक्त जग्गा कि.नं.२९३ र कि.नं.२९४ कायम भई कि.नं. २९४ को ज.वि.२-१६-३ जग्गा कोमलप्रसाद यादवका नाममा रहेको थियो । म वंशबहादुरले आफ्ना छोराहरूलार्इ अंश भरपार्इ गरार्इ दिने क्रममा सो कि.नं.२९३ को जग्गा कम देखिर्इ नक्सा सुधारका लागि मालपोत कार्यालय, रूपन्देहीमा निवेदन दिएकोमा सो निवेदनउपर केही कारबाही नगरी उक्त कि.नं.२९३ को जग्गा २-७-१० भएको भन्दै कित्ताकाट गरी मालपोत कार्यालयमा जानकारी गराएको हुँदा सोहीबमोजिम अंश भरपार्इ पारित भएको हो । कि.नं. २९३ को जग्गा फिल्ड स्रेस्ताअनुसार भएकोले विपक्षी मालपोत कार्यालयमा जग्गाको क्षेत्रफल सुधारको लागि निवेदन दिँदा सो कार्यालयले नापी कार्यालयमा पत्राचार गर्दा उक्त कि.नं. २९३ को जग्गा कित्ताकाट गर्ने सिलसिलामा नक्सा सुधार गरी कित्ताकाट गर्नु पर्नेमा भुलवश टायल चेक गरी २-७-१० कायम हुन गएको भन्ने जवाफ प्राप्त भएको र मालपोत कार्यालय, रूपन्देहीबाट क्षेत्रफल सुधारका लागि च.नं.१६८०४ मिति २०६९।१२।२९ मा नापी कार्यालय, रूपन्देहीमा पत्राचार गर्दा क्षेत्रफल सुधार नापी कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भनी जवाफ दिर्इ गैरजिम्मेवारपूर्ण काम गरिएको छ । अतः म वंशबहादुर यादवको नाममा दर्ता रहेको कि.नं.२९३ को ज.वि.२-११-० जग्गा नरघटी हुने गरी मिति २०६३।७।१९ मा भएको कित्ताकाट र मिति २०६३।७।२० मा भएको टायल चेक निर्णय उत्प्रेषणको आदेशले बदर गरी साबिक क्षेत्रफलबमोजिम कायम गर्न जो चाहिने