निर्णय नं. १०३३८ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३३८ - आयकर भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०२/१४ ७६८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७५।२।१४ मुद्दाः आयकर ०७२-RB-०४७३ पुनरावेदक : जिल्ला रौतहट महम्मदपुर गरूडास्थित श्रीराम सुगर मिल्स लिमिटेडको तर्फबाट अधिकारप्राप्त सञ्चालक हेमन्त गोल्छा विरूद्ध प्रत्यर्थी : आन्तरिक राजस्व विभाग, लाजिम्पाट काठमाडौं ०७२-RB-०४७४ पुनरावेदक : ठूला करदाता कार्यालय, हरिहर भवन, ललितपुरको तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासक आनन्दराज ढकाल विरूद्ध प्रत्यर्थी : श्रीराम सुगर मिल्स लिमिटेड, गरूडा, रौतहट अन्यथा प्रमाणित नभएसम्म वा कानूनद्वारा प्रतिबन्धित कार्य नगरेसम्म व्यवसाय सञ्चालन गर्दा व्यवसायीले कारोबारको हितमा आफैँ निर्णय गर्छन् भन्ने विश्‍वास गर्नुपर्ने । (प्रकरण नं.२) संशोधित कर निर्धारण गर्दा परल लागतभन्दा घटी मूल्याङ्कन गरेको भनेर मात्र पुग्दैन, सोको स्पष्ट आधारसमेत दिनु आवश्यक हुन्छ । कर निर्धारण प्रशासनिक निकायले गर्ने न्यायिक प्रकृतिको कार्य हो, आफूले गरेको निर्णयको समर्थनमा प्रमाण पुर्‍याउने भार निर्णयकर्ताको हुने । (प्रकरण नं.३) ऐनमा तोकिएको सुविधा कुनै निकायको सिफारिसमा मात्र प्राप्त हुने भन्ने स्पष्‍ट कार्यविधि तोकिएकोमा सोहीबमोजिम गर्नुपर्ने हुन्छ तर त्यस्तो कार्यविधि ऐनमा तोकिएको छैन भने कर छुटसम्बन्धी विषयको न्यायिक जानकारी आन्तरिक राजस्व विभाग आफैँले राख्‍नु पर्ने । (प्रकरण नं.४) कानूनले नै माग गरेकोमा बाहेक करदाताबाट अन्य निकायको सिफारिस माग गर्नु वा अदालतबाट आदेश ल्याएमा मात्र सुविधा पाउँछ भन्नुको पछाडि आफ्नो जिम्मेवारी पन्छ्‌याउने कोसिस रहेको मान्नु पर्ने । (प्रकरण नं.६) पुनरावेदकका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थीका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ७, नि.नं.८९९६ ने.का.प.२०६६, अंक १०, नि.नं.८२४९ सम्बद्ध कानून : आयकर ऐन, २०५८ औद्योगिक व्यवसाय ऐन, २०४९ सुरू निर्णय गर्ने कार्यालय:- ठूला करदाता कार्यालय, हरिहर भवन ललितपुर सुरू निर्णय गर्ने अधिकारी:- प्रमुख कर प्रशासक श्री सुरेश प्रधान प्रशासकीय पुनरावलोकन गर्ने निकायः- आन्तरिक राजस्व विभाग निर्णय गर्ने अधिकारीः- विभागका महानिर्देशक श्री राजन खनाल पुनरावेदन तहमा फैसला गर्ने न्यायाधिकरण:- राजस्व न्यायाधिकरण काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने:- माननीय अध्यक्ष श्री दीपककुमार कार्की राजस्व सदस्य श्री मणिदेव भट्टराई लेखा सदस्य श्री हरि पोखरेल तथ्य खण्ड न्या.अनिलकुमार सिन्हा : यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०६९।३।१९ को फैसलाउपर ठूला करदाता कार्यालय तथा करदाता श्रीराम सुगर मिल्स लि. (स्थायी लेखा नं. ३०००२०३४६) को तर्फबाट समेत परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (घ) बमोजिम अनुमति प्राप्त भई पुनरावेदनको रूपमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ । ठूला करदाता कार्यालयमा दर्ता भएको आय विवरण श्रीराम सुगर मिल्स लिमिटेडले आर्थिक वर्ष २०६२/०६३ को लागि आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार रू.१९,९८,०९७/- नोक्सानी कायम ग