निर्णय नं. १०३४० - नक्‍कली नोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३४० - नक्‍कली नोट भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०१/११ ५०६८ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७६।१।११ मुद्दाः- नक्‍कली नोट ०६८-CR-०२५२ पुनरावेदक / वादी : अर्जुन शर्माको नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. १२ बस्ने गंगा प्रसादको छोरा जीवन भन्‍ने जीवनाथ देवकोटा ०६८-CR-०७५६ पुनरावेदक / वादी : टिकाप्रसादको नाति, पूर्णप्रसादको छोरा, चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ६ खोलेसिमल बस्ने बुद्धिप्रसाद अर्याल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : अर्जुन शर्माको जाहेरीले नेपाल सरकार ०६८-CR-०८४३ पुनरावेदक / वादी : बृहस्पति वाग्लेको छोरा, चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ५ बस्ने जितेन्द्र वाग्ले विरूद्ध प्रत्यर्थी / प्रतिवादी : अर्जुन शर्माको जाहेरीले नेपाल सरकार अनुसन्धान गर्ने अधिकारीबाट तयार भएका कागजातहरूबाहेक कानूनी प्रक्रियाविपरीत तयार भएका कागजका आधारमा कसैका विरूद्ध अभियोजन गर्नु एक विश्लेषण र व्याख्याको विषय हुन सक्ला तर कानूनभन्दा बाहिर गएर गरिएको कार्यका विरूद्ध छुट्टै कानूनी प्रक्रिया अपनाउन आवश्‍यक हुन्छ । कुनै राजनीतिक दलसँग आबद्ध संगठन वा समूहले कुनै अपराधको अनुसन्धान गर्ने, कारबाही गर्ने, थुनामा राख्‍ने जस्ता कार्य गर्ने छुट नेपालको संविधान वा अन्य प्रचलित कानूनले नदिने । कार्यपालिका मातहतका अनुसन्धान र अभियोजन गर्ने निकाय वा पदाधिकारीले पनि यस्ता निश्‍चित राजनीतिक संगठन, समूह वा अमूक राजनीतिक दलसँगको आबद्धताको आडमा शक्ति प्रदर्शन गरी सामान्य जनताको संविधान प्रदत्त हकमा आघात पुर्‍याउने वा तिनीहरूको एकतर्फी भनाइमा लागेर कसैउपर अभियोग लगाउने कार्य गर्ने हो भने देशमा संविधान, कानून एवम‍् कानूनी राज्यको अवधारणाको उपहास हुन पुग्ने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्तात्रय श्री गुणनिधि न्यौपाने, श्री रामप्रसाद भट्टराई, श्री कृष्णप्रसाद सापकोटा तथा विद्वान्‌ अधिवक्तात्रय श्री साहेब झा, श्री रामेश्‍वरप्रसाद कोइराला र श्री कमल नयन पन्त अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्र बैंक ऐन, २०५८ सुरू तहमा फैसला गर्नेः- माननीय न्याधीश श्री पदमराज भट्ट चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्‍य न्यायाधीश श्री पुरूषोत्तम पराजुली माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई पुनरावेदन अदालत हेटौंडा फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम‍् ठहर यसप्रकार छः- मिति २०६५/३/१२ गते चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ६ बस्ने बुद्धि अर्याल र ऐ.ऐ. वडा नं. ५ बस्ने जितेन्द्र वाग्लेले चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ५ स्थित खोलेसिमल क्षेत्रमा भारतीय जाली नोटको कारोबार गरी सर्वसाधारणलाई ठगी गरी हिँडिरहेका छन् भन्‍ने कुरा बुझिन आएकोले म जाहेरवालासमेत उक्त स्थानमा जाँदा निज अभियुक्तहरूको साथबाट भारतीय रू.५००।- दरको २५२ थान गरी जम्मा भा. रू.१,२६,०००।- फेला परेको र नोट जाली भएकोले आवश्यक कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६५।३