निर्णय नं. १०३४२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३४२ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०१/१५ ६०८८ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७६।१।१५ ०७०-WO-०६८३ विषय : उत्प्रेषण रिट निवेदक : कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ४ बस्ने दिपेन्द्र खड्काको छोरा तत्कालीन श्री चण्डीदल गणका सहसेनानी भुपेन्द्र खड्का विरूद्ध विपक्षी : नेपाल सरकार, नेपाली सेना, जङ्गी अड्डा भद्रकाली, काठमाडौंसमेत सैनिक संगठनको कार्य प्रकृति र यसको संगठनात्मक संरचनाको कारणले गैरसैनिकका हकमा कसुर र अनुशासनको दायराभित्र नपर्ने कार्य पनि सैनिकका हकमा सैनिक कसुर र अनुशासनको विषय बन्न सक्दछ । सैनिक संगठनमा कार्यरत व्यक्तिहरू तथा समग्र सैनिक संगठनमाथि प्रत्यक्ष वा परोक्ष रूपमा नकारात्मक असर पर्ने क्रियाकलापहरूलाई नै सैनिक अनुशासनविपरीतका कार्यहरू मान्नुपर्ने । (प्रकरण नं.३) एउटै संगठनमा कार्यरत दुवैबिच असन्तुलित शक्ति सम्बन्ध (unbalanced power relation) देखिन्छ । यसमा पदीय शक्ति (positional power), आर्थिक र सामाजिक शक्ति (economic and social power) कसले प्रयोग गर्न सक्दछ भनी शक्ति सम्बन्धको आधारमा खराब आचरण र अनुशासनको विषय हो, होइन अदालतले संवेदनशील भएर विवेचना गर्नुपर्ने । (प्रकरण नं.५) आफ्नो पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहको महिला सैनिकसँग यौन सम्बन्ध राख्नका निम्ति लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नु पर्ने हुन्छ । अनुचित प्रभावमार्फत लिइएको सहमति प्रपञ्च (delusion) कै स्वरूप मान्नु पर्दछ । यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्न नसकिने । यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रूपमा हेरिनु पर्ने । (प्रकरण नं.९) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा, श्री रमणकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता डा. श्री भिमार्जुन आचार्य विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू डा. श्री महेन्द्रजंग शाह, श्री सरोज रेग्मी तथा श्री अनिल सुवेदी अवलम्बित नजिर : ने.का.प.२०७२, अंक १, नि.नं.९३३५ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ मुलुकी ऐन, २०२० सैनिक ऐन, २०६३ आदेश न्या.सपना प्रधान मल्ल : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ । म निवेदकलाई सैनिक ऐन, २०६३ को दफा ५२(छ) को कसुर गरेको भनी सजाय गरिएको छ । उक्त दफा ५२(छ) मा सुव्यवस्था तथा सैनिक अनुशासन कायम राख्न गर्नु पर्ने कुनै काम नगरेमा वा सुव्यवस्था तथा सैनिक अनुशासन विरूद्ध हुने कुनै काम गरेमा अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको मानिने व्यवस्था छ । सैनिक अनुशासनका सम्बन्धमा सैनिक आचार संहिता, २०६७ को नियम १(छ) मा सैनिक व्यक्तिको परिभाषा गर्दै यस शब्दले सेनामा कार्यरत फाल्वर्सदेखि प्रधानसेनापतिसम्मका सबै सैनिकलाई जनाउने बेहोरा उल्लेख छ । ऐ.को नियम ३ को उपनियम ३.१ मा अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था गरिएकोमा म निवेदकले गरेको कुन कार्यले कुन कानूनको कुन दफा, आचारसंहिताको कुन नं