निर्णय नं. १०३४३ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३४३ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०३/१३ ६९९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।३।१३ मुद्दा:- जबरजस्ती करणी ०७१-CR-०४२४ पुनरावेदक / वादी : परिवर्तित नाम शान्ति पुनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : डडेलधुरा जिल्ला, भद्रपुर गा.वि.स. वडा नं. ५ स्थायी वतन भई हाल कैलाली जिल्ला अत्तरिया गा.वि.स. वडा नं. ३ मा बस्ने भैरव सिंह मल्लको छोरा धर्मबहादुर मल्लसमेत ०७२-CR-१२२९ पुनरावेदक / प्रतिवादी : डडेलधुरा जिल्ला, भद्रपुर गा.वि.स. वडा नं. ५ स्थायी घर भई हाल कैलाली जिल्ला अत्तरिया गा.वि.स. वडा नं. ३ बस्ने तत्काल प्रहरी चौकी पुरन्धारा दाङमा कार्यरत प्रहरी हवल्दार धर्मबहादुर मल्ल विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम शान्ति पुनको जाहेरीले वादी नेपाल सरकार After thought को तर्कलाई अन्य प्रमाणहरूको अवस्था, पीडितको परिस्थिति तथा पीडितले आरोपीहरूलाई फसाउने मनसाय पर्याप्त रूपमा विद्यमान छ छैन भन्ने तत्वहरूसँग तुलना गरेर हेर्नु पर्दछ । मूलत: after thought का तत्त्वहरूमा तथाकथित पीडितको आरोपी व्यक्तिलाई सताउने वा फसाउने मनसाय भएको तथ्य र प्रमाणबाट पुष्टि हुनु पर्ने । After thought मा समयको अन्तराल महत्त्वपूर्ण होइन, सो अन्तरालमा पहिले परिसकेको जाहेरी वा तथ्य वा कुरामा फरक वा असर पर्ने गरी पछि फसाउने मनसायसहित अर्कै बेहोराको जाहेरी वा विचार वा कुरा आएको हुनुपर्छ । त्यसमा व्यक्तिले द्वेषपूर्ण तरिकाले कसैसँग बदला लिने वा फसाउने मनसाय देखिनु पर्छ र त्यसको पछाडि कुनै जरिया हुनु आवश्यक हुने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायी श्री टिकाराम लिम्बू र विद्वान् अधिवक्ता वैतनिक कानून व्यवसायी श्री इन्दिरा सिलवाल, विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनाली र विद्वान् अधिवक्ता श्री वासुदेव शर्मा अवलम्बित नजिर : ने.का.प.२०६३, अंक १०, नि.नं.६६६२ ने.का.प.२०७५, अंक ३, नि.नं.९९६६ ने.का.प.२०७५, अंक ५, नि.नं.१०००७ सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री दयानाथ खरेल दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई पुनरावेदन अदालत तुलसीपुर दाङ फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छः- तथ्य खण्ड शान्ति पुनको (परिवर्तित नाम) योनिबाट निकालिएको स्वावको सूक्ष्मदर्शक यन्त्रले हेरेर परीक्षण गर्दा शुक्रकिटहरू एउटा पनि देखिएन उपकला कोषहरू केही मात्रामा देखिएको भन्ने राप्ती अञ्चल अस्पताल तुल्सीपुर दाङको परीक्षण रिपोर्ट । शान्ति पुनको योनि वरिपरि कुनै पनि घाउ चोट, निलडाम छैन, योनिभित्र कुनै घाउ चोट, निलडाम छैन, दाहिने साप्रामा नङले चिथोरिएको एउटा निशान छ, पीडितको योनिको झिल्ली खुकुलो छ । पेटको दाहिनेपट्टि टल्कने सुकी सकेको पदार्थ रहेको भन्नेसमेत बेहोराको शान्ति पुनको स्वास्थ्य परीक्षण प्रतिवेदन । धर्मबहादुर मल्ल र बालाराम चनाराको शरीरमा घाउ चोट, टोकेको दाग, निलडाम देखिएको छैन, लिङ्ग सुन्निए