निर्णय नं. ४४०८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४०८ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/२५ १९८१ निर्णय नं. ४४०८ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं. ६४३ आदेश भएको मिति: २०४८।११।२५।१ मा निवेदक : जि.कपिलवस्तु रामघाट गा.वि.स.वार्ड नं.७ बस्ने त्रिभुवनप्रसाद कोहार विरुद्ध विपक्षी : जिल्ला पशु सेवा शाखा कपिलवस्तुसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) निजामती कर्मचारीलाई विभागीय सजाय गरिँदा निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ अनुसार निजलाई जुन आरोप लगाइएको छ, सो आरोपमा स्पष्टीकरण लिइसकेपछि सजाय दिनु भन्दा पूर्व नियमावलीकै नियम १०.१० बमोजिम दिइने सजाय प्रस्ताव गरी पुनः अर्को स्पष्टीकरण लिई जुन आरोप लगाइएको छ, सोही आरोपमा सजाय प्रस्तावित गरी सजाय गर्नु पर्ने। (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री तुल्सी भट्ट विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ र सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४६ अन्तर्गत दर्ता भई आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. निवेदकले २०४१।१।२४ मा ज्यालादारीमा पाले पियन पदमा, पशु चिकीत्सालय कपिलवस्तुमा नियुक्ति पाएको, २०४१।४।२ मा छ महीनाको लागि लियन पदमा नियुक्त गरी सो म्यादी नियुक्तिको समयावधि समाप्त भएपछि २०४१।१०।५ मा पुनः म्याद थप भयो, २०४२।१०।१३ को सिफारिशबाट (१) एक वर्षको परीक्षण (साविक पेज नं. ७१८) कालमा रहने गरी २०४२।११।१ मा स्थायी नियुक्ति पाएको थिएँ । सोही समयदेखि नै निरन्तर सेवा गर्दै आएकोमा, २०४४।६।१ र ४ गते किन कार्यालयमा अनुपस्थित रहेको भनी २०४४।७।३ मा स्पष्टीकरण माग गरियो । अन्यथा नि.से.नि., २०२१ को परिच्छेद ५ को ५.९ बमोजिम कारवाही गरिने जानकारी समेत गराएकोले वास्तविक व्यहोरा उल्लेख गरी स्पष्टीकरण पेश गरेको थिएँ । यत्तिकैमा तपाईले आफ्नो काम, कर्तव्य र अनुशासन पालना नगरी लापरवाहीपूर्ण कार्य गरेकोले नि.से.नि., २०२१ को परिच्छेद ९ को नियम ९.१७ र ऐ.को परिच्छेद ९ को नियम ९.१८ को उल्लंघन गरेको स्पष्ट हुन आयो । यसो किन हुन गएकोे हो । औचित्यपूर्ण कारण सहित स्पष्टीकरण पेश नभएमा नि.से.नि. बमोजिम कारवाही गरिने छ भनी २०४४।७।४ मा मलाई दोश्रो पटक स्पष्टीकरण माग गरिएकोमा सत्य तथ्य कुरा खुलाई स्पष्टीकरण पेश गरेको थिएँ । ३. जस पश्चात उल्लेखित कारण भन्दा भिन्नै रुपको २०४४।५।१५ गते १०.१५ बजेपछि कार्यालयमा आई रेजा चिन्ह लगाई राखेको ठाउँमा हाजीर गरी ११ बजे देखि ३.३० सम्म बिना अनुमति, कार्यालयमा अनुपस्थित किन रहेको हो ? उचित कारण खुलाई स्पष्टीकरण पेश गर्नु भनी पुनः २०४४।७।१६ मा अर्को स्पष्टीकरण माग गरियो । सोही दिन पुनः स्पष्टीकरण पेश गर्ने भन्ने विषय राखी २०४४।७।४ को स्पष्टीकरण पत्र अनुसार नमिलेकोले उचित जवाफ दिन सूचित गरिन्छ भनी एकै दिन (२) स्पष्टीकरण माग गरियो । दुबैमा स्पष्टीकरण दिएको थिएँ । यसरी ४ पटक स्पष्टीकरण माग भएपछि पनि पूर्वाग्रह राखी पुनः २०४४।७।२० मा पाचौं पटक स्पष्टीकरण माग भयो । ४. यसै बीचमा २०४४।७।२४ को निर्णय अनुसार भनी नि.से.नि., २०२१ को परिच्छेद १० को नियम १०.१ बमोजिम तपाईलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको व्यहोरा सूचित गरिन्छ भनी, मलाई जा