निर्णय नं. १०३४६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३४६ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/२२ १२८४३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७६।३।२२ ०७५-WO-०८७७ विषय : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, का.म.पा.वडा नं. ४ मण्डीखाटार बस्ने पिताम्बर थापाकी श्रीमती सुकुम थापासमेत विरूद्ध विपक्षी : हस्तबीरको नाति, चुडामणीको छोरा स्याङ्जा जिल्ला क्याक्मी गा.वि.स.वडा नं.३ घर भई हाल का.जि. नागार्जुन न.पा. वडा नं. १० स्वीचाटार बस्ने पिताम्बर थापासमेत एकासगोलमा रहेका पक्ष विपक्षीहरूको बिचमा फैसलाअनुसार बन्डा नभएको अवस्थामा मूल अंशियारबाट पाएको शेष पछिको बकसपत्रबमोजिमको सम्पत्ति सबै अंशियारलाई भाग लाग्ने । (प्रकरण नं.९) महिला भएकै आधारमा या त विवाह रोज या पैतृक सम्पत्ति प्राप्‍त गर भन्‍नु महिला विरूद्धको भेदभाव हुन जाने । महिलाको पहिचान र पैतृक सम्पत्तिमा साम्पत्तिक अधिकार विवाह भएको आधारमा निर्धारण हुने होइन । पैतृक सम्पत्तिमाथिको अधिकार गर्भबाटै सिर्जना भई जन्मपछि प्राप्त हुने अधिकार हो । वैवाहिक स्थितिको आधारमा छोरा र छोरीलाई फरक व्यवहार गर्नु भेदभावकै स्वरूप हुने । संविधान र कानूनको मनसाय छोरीलाई पनि छोरासरह पैतृक सम्पत्तिमा समान अंशियार कायम गर्नुपर्ने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री श्‍यामप्रसाद खरेल तथा विद्वान्‌ अधिवक्ता श्री नारायणप्रसाद दुवाडी विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री शान्तिदेवी खनाल अवलम्बित नजिर : ने.का.प.२०७१, अंक ५, नि.नं.९१६८ ने.का.प.२०७४, अंक ११, नि.नं.९९०१ सम्बद्ध कानून : आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छ:- रिट निवेदन निवेदकमध्ये म चित्रकुमारी थापा विपक्षीमध्येका पिताम्बर थापाकी जेठी श्रीमती हुँ भने निवेदक म सुकुम थापा साहिँली श्रीमती हुँ । विपक्षी पति पिताम्बर थापाले जेठी र माहिली श्रीमतीलाई घरबाट निकाला गरी म सुकुम थापासँग विवाह गरेपछि पनि विपक्षी रक्षा थापालाई कान्छी श्रीमती बनाई ल्याएका हुन् । घरबाट निकालिएका हामी निवेदकमध्ये चित्रकुमारी थापा र सुकुम थापाले पिताम्बर थापाउपर २०५२ सालमा अंश मुद्दा दायर गरी सर्वोच्च अदालतबाट २०६५।१।२५ मा मूलपुर्खा हस्तवीरका दुई भाई छोरा चुडामणि र कान्छो शेरजंगको मूलरूपमा २ भाग लाग्ने र निजहरू परलोक भइसकेको हुँदा चुडामणितर्फको १ भागमा चुडामणिको श्रीमती नन्दमायाँ भन्ने नन्दकुमारी र छोरा पिताम्बर थापाले एक / एक भाग गरी पिताम्बर थापाको भागबाट श्रीमती छोरीहरूसमेत ९ अंशियार हुँदा ९ भाग लाग्ने भनी फैसला भएको हो । सो फैसला कार्यान्वयनमा बन्डा मुचुल्का गरी दिनु पर्ने रूपन्देही जिल्ला अदालतबाट पटक-पटक गैरकानूनी बन्डा मुचुल्का गर्ने क्रममा २०७३।०९।०९ को बन्डा मुचुल्का हुनुअघि नै नन्दमाया परलोक भइसक्नु भएकोले अंशियार घटेको अवस्था थियो । एकाएक रूपमा बन्डा मुचुल्का हुने दिन नन्दमायाले शेषपछिको बकसपत्र गरेको भनेर आधा सम्पत्ति पिताम्बर एवं रक्षा थापातर्फ पार्ने र बाँकी आधाबाट मात्र भाग लाग्ने गरी मुचुल्का बनाइयो । उक्त बन्डा मुचुल्का हुने दिनको अघिल्लो दिन दस्तुर तिरेको रसिद राखी सोही मिति मिलाई विपक्षी पिताम्बरको नामको निवेदन राखिएको रहेछ । सो बन्डा मुचुल्काउपर परेको