निर्णय नं. १०३४७ - निषेधाज्ञा, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३४७ - निषेधाज्ञा, परमादेश भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०९/११ ३३८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७५।९।११ ०६९-CI-०९५६ मुद्दाः- निषेधाज्ञा, परमादेश पुनरावेदक / निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ बस्ने रविन्द्रप्रसाद प्रधान विरूद्ध प्रत्यर्थी / विपक्षी : वीरगन्ज भन्सार कार्यालय, वीरगन्ज भन्सारसमेत निवेदन सम्पत्ति धितोमा दिने व्यक्तिले दायर नगरेको र बैंकमा धितो राखी बैंकिङ कारोबार गर्ने व्यक्तिले धितो राख्‍ने बैंकबाट सुरू गरिएको धितो लिलामसम्बन्धी कामकारबाहीउपर उजुर गरेको नदेखिएकोमा केवल धितो राखिएको सम्पत्ति आफ्नो छोरीका नाउँमा छ भन्‍ने आधारमा बाबुलाई निवेदन दायर गर्ने अधिकार सिर्जना नहुने । (प्रकरण नं.२) पुनरावेदक / निवेदकका तर्फबाट : प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नागरिक अधिकार ऐन, २०१२ सुरू तहमा आदेश गर्ने न्यायाधीशहरूः- मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात माननीय न्यायाधीश श्री सुष्मालता माथेमा पुनरावेदन अदालत पाटन आदेश न्या.ईश्वरप्रसाद खतिवडा: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः- तथ्य खण्ड माछापुच्छ्रे बैंक लिमिटेडले ऋणी एभ्को इन्टरनेशनल प्रा.लि.का नाममा नागरिक दैनिक पत्रिकामा मिति २०६८।९।२४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा ७ दिनभित्र कर्जा भुक्तानी नगरे कर्जा लिँदाका अवस्थामा धितोस्वरूप लेखिदिएको चल अचल सम्पत्ति कब्जामा लिई लिलाम गरी वा अन्य व्यवस्था गरी बैंकको सम्पूर्ण लेना रकम असुल गरिने भन्‍ने बेहोरा उल्लेख गरेको रहेछ । सो सूचनामा उल्लेख गरेको विषय प्रत्यक्षतः निवेदकको हकहितको प्रतिकूल भएको र झुट्ठा बेहोरामा आधारित भएको हुनाले म निवेदक रविन्द्रप्रसाद प्रधानले मिति २०६८।९।२८ मा सो सम्बन्धमा विपक्षी बैंकलाई पत्र लेखी अवगत गराइसकेको छु । बैंकले उक्त सूचनामा उल्लेख गरेबमोजिम लिलामीको कामकारबाही अघि बढाइरहेको भन्‍ने कुरा जानकारी हुन आएको हुनाले अन्य उपायको अभावमा यो निवेदन गर्न आएको छु । एभ्को इन्टरनेशनल प्रा.लि. र कस्मिक अटोमोबाइल्स प्रा.लि. मा म रविन्द्रप्रसाद प्रधानको कुनै संलग्नता र दायित्व नरहेको भए तापनि विपक्षी बैंकको अनियमितता र ज्यादतीको कारणले उक्त कम्पनीबाट गाडी खरिद गर्ने सर्वसाधारण ग्राहकहरूलाई परेको समस्यालाई समाधान गर्न र उक्त कम्पनीहरूमा मेरो कुनै कानूनी दायित्व नभएको नाता सम्बन्धको व्यक्ति भएको हुनाले समस्या समाधान गर्नु आफ्नो नैतिक दायित्व ठानी निरन्तर पहल गरी समस्या समाधान गर्न लागेको हुँ । यसै सन्दर्भमा म रविन्द्रप्रसाद प्रधान, विपक्षी माछापुच्छ्रे बैंकका तर्फबाट अख्तियारप्राप्त सो बैंकका नायब महाप्रबन्धक विजयबहादुर श्रेष्ठ र तेस्रो पक्षका रूपमा गाडी खरिदकर्ताका तर्फबाट अधिकारप्राप्त तीनजना प्रतिनिधिहरूसमेत बसी त्रिपक्षीय सम्झौता भयो । सम्झौताअनुसार एभ्को इन्टरनेशनल प्रा.लि.ले विपक्षी बैंकमार्फत एल.सी. खोली आयात गरेको ६१ थान गाडीहरू विपक्षी बैंकबाट फुकुवा गराई सम्बन्धित गाडी खरिदकर्ता ग्राहकहरूको नाममा नामसारी गराई दिने प्रयोजनका लागि मेरा छोराहरू संजयप्रसाद प्रधान र अजयप्रसाद प्रधानको नाममा दर्ता कायम रहेको जिल्ला नवलपरासी