निर्णय नं. १०३४८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३४८ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०३/०४ ३८४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७५।३।४ ०७३-WO-१३९४ विषयः- उत्प्रेषण / परमादेश निवेदक : तेह्रथुम जिल्ला जलजले गा.वि.स. वडा नं. ४ स्थायी ठेगानाको का.जि.का.म.न.पा. वडा नं. १३ घर भई हाल ऐ. वडा नं. ३२ मा डेरा गरी बस्ने श्रीमाया सुब्बा लिम्बू विरूद्ध विपक्षी : तेह्रथुम जिल्ला जलजले गा.वि.स. वडा नं. ४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १३ कालिमाटी बस्ने नेत्रबहादुर लिम्बूसमेत हक नै स्थापित नभएको व्यक्तिले निवेदन दिँदैमा फैसला कार्यान्वयनको कार्य रोक्नु कानूनसम्मत हुन नसक्ने । (प्रकरण नं.३) कुनै मुद्दामा अधिकार प्राप्त निकायबाट अन्तिम फैसला भइसकेपछि पक्षहरूको सो फैसलाबाट सिर्जित हक अधिकार प्रचलन गराई दिने दायित्व फैसला अन्तिमताको सिद्धान्तअनुसार अदालतको नै हुने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री हर्क जित लामा विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६, १३३(२) र (३) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- म निवेदका श्रीमाया लिम्बू, आमा लालमाया लिम्बू र विपक्षी दाइ नेत्रबहादुर लिम्बूसमेत एक साथ सगोलमा बसी आई रहेकोमा विपक्षी दाइ नेत्रबहादुर लिम्बूले म निवेदकलाई गाली गलौज गरी हेलाको व्यवहार गर्ने गरेको र आमा लालमाया लिम्बू पनि विपक्षी दाइको साथ समर्थनमा लाग्नु भएकोले निज विपक्षीसमेतसँग साथ सगोलमा बस्न नसक्ने अवस्था पारी घरबाट निस्कन बाध्य भएको छु । म निवेदक यसअघि मिति २०६८।२।२५ देखि नै निज विपक्षी नेत्रबहादुर लिम्बू तथा आमा लालमाया लिम्बूसँगबाट अलग्गै डेरा गरी बसी आइरहेकोमा मलाई दैनिक जीवन धान्न साह्रै नै कठिनाई हुन लागेकोले विपक्षी दाइसमक्ष गई कि त मलाई इज्जत आमदअनुसार खान लाउन र उचित स्वास्थोपचारसमेतको व्यवस्था गरिदिनुहोस् होइन भने मैले कानूनबमोजिम पाउने मेरो अंश हक छुट्टयाई दिनुहोस् भन्दा अंश दिन सक्तिन तँ जहाँ गएर जे गर्न सक्छेस् गर् भन्ने पूर्ण गैरकानूनी जवाफ दिनुभएकोले बाध्य भई आफ्नो नैसर्गिक हक रूपी अंश हक प्राप्त गर्न काठमाडौं जिल्ला अदालतमा अंश चलन (०७१-CP-११०२) मुद्दा दायर गरी उक्त मुद्दा कारबाहीयुक्त रहेको छ । हामीहरूको बिचमा बन्डा लाग्ने सगोलको पैतृक सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिहरू हाल के कुन अवस्थामा रहेछ त भनी बुझ्ने क्रममा हामीहरूको पैतृक सम्पत्तिको रूपमा विपक्षी दाइ नेत्रबहादुर लिम्बूको नाउँ जिम्मामा रहेको का.जि.का.म.न.पा. वडा नं. १३ कि.नं. १३२ को क्षे.फ. १५८.९५, ऐ. कि.नं. १३४ को क्षे.फ. २७८.६९, ऐ. कि.नं. १३५ को क्षे.फ. १०३.३१, ऐ. कि.नं. ९३ को क्षे.फ. १५९.६० को जग्गा र सो जग्गामा हामीहरूको सगोलको आर्जनबाट बनाएको पक्की घर कम्पाउण्डसमेत म उमेर पुगेको अंशियारलाई थाहा जानकारी नै नदिई मेरो स्वीकृति र मन्जुरीबेगर नै विपक्षी दाइ नेत्रबहादुर लिम्बूले विपक्षी एलायन्स डिष्ट्रिव्युटर्स प्रा.लि.लाई बिक्री गरेको कुरा थाहा जानकारी हुन आएको छ । निज विपक्षीहरूको बिचमा मेरोसमेतको अंश हकको उक्त सम्पत्ति बिक्री गर्ने गरी भएको उक्त दूषित एवं जालसाजपूर्ण लिखत बदर गरी पाउन काठमाडौं जिल्ला अदालतमा दूषित लिखत दर्ता बदर दर्ता (०७१-CP-१९८६) र जालसाजी (०७१-P