निर्णय नं. १०३४९ - मानव बेचबिखन तथा ‌ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३४९ - मानव बेचबिखन तथा ‌ओसारपसार भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/११/२३ ६६२५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मिति : २०७५।११।२३ ०७४-CR-००६७ मुद्दाः- मानव बेचबिखन तथा ‌ओसारपसार पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही वरहथवा गा.वि.स. वडा नं.३ घर भई हाल कैद तथा जरिवानाबापत हाल कारागार कार्यालय महोत्तरी जलेश्वर थुनामा रहेको श्यामकुमार राम विरूद्ध प्रत्यर्थी / वादी : जोगेन्द्र चमारसमेतको जाहेरीले नेपाल सरकार कानूनले आफ्नो निर्दोषिता प्रमाण गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त नहुने । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनको परिधिबाहिर गई भएको कार्य के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ त्यसतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री विमला यादव प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिहर पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दलबहादुर के.सी. सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री रमेशबहादुर थापा पुनरावेदन अदालत जनकपुर फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०७०।४।७ गते अं.१८:०० बजेको समयमा मेरो कमाण्डमा खटिएका प्रहरी गस्ती टोली गस्ती गर्दै जिल्ला सर्लाही म.न.पा.वडा नं.८ स्थित पुग्दा मलंगवाबाट सोनवर्षातर्फ २ जना केटा र २ जना केटीसमेत मिली गइरहेको अवस्थामा निजहरूलाई रोकी सोधपुछ गर्दा जिल्ला सर्लाही बरहथवा ३ बस्ने वर्ष २७ को श्यामकुमार राम, ऐ.बस्ने वर्ष १७ की राधाकुमारी राम, ऐ.बस्ने अ.वर्ष १६ को रिनाकुमारी राम र ऐ. म.न.पा.७ बस्ने अ.वर्ष २० को सनाउलाह मंसुरी बताएकोमा निज श्याम र सनाउलाह मंसुरीसमेतले ती २ जना केटीहरूसँग विवाह गर्न भारतको दिल्लीमा लगी जागिर गरेर बस्छु भनी बताउनुको साथै निज श्याम र सनाउलाहसमेतले केटीहरूलाई भारतको वेश्यालयमा लगी बेचबिखन गर्न लागेको बुझिन आएकोले निजहरूलाई पक्राउ गरी दाखिला गरेको छु । कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.ह.सुबोधकुमार मिश्रसमेतको प्रतिवेदन । म जाहेरवाला कपलेश्वर चमारको छोरी राधाकुमारी र जोगेन्द्र चमारको छोरी रिनाकुमारी रहेको, हामी जाहेरवालाहरू गरिब व्यक्ति भएकोले बाहिर जाने गरेको कारण निज अपराधीमध्येका श्यामकुमार राम गाउँकै छिमेकी हुन् । निज विपक्षीले हाम्रो छोरीलाई जागिर लगाइदिन्छु भनी विभिन्न किसिमका प्रलोभनमा पारी जानकारी नदिई मिति २०७०।४।७ गते बिहान १० बजेको समयमा सोमवारी व्रतको बहाना बनाउन लगाई घरबाट फकाई भारततर्फ लगिरहेकोमा जिल्ला सर्लाही म.न.पा. वडा नं. ८ स्थित गोरखकाली चेकपोस्टमा खटिएका प्रहरीले रोकी सोधपुछ गर्दा निज विपक्षीहरूले छोरीहरूलाई भारततर्फ बे