निर्णय नं. १०३५० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३५० - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०५/०८ ४५०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।५।८ मुद्दाः- कर्तव्य ज्यान ०७४-RC-००५३ वादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. १ भइ हाल जिल्ला कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेका अयुव मुसलमानको छोरा उजैर भन्ने सफिउर रहमान मुसलमान ०७४-CR-०८६० पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. १ बुलाडिहवा बस्ने याकुवा मुसलमानको छोरा वर्ष ६६ को अलिमुल्लाह मुसलमान विरूद्ध प्रत्यर्थी / वादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार ०७४-CR-०९३८ पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. २ बुलडिहवा बस्ने हालिम मुसलमानको छोरा मोटे भन्ने हविबुर रहमान मुसलमान विरूद्ध प्रत्यर्थी / वादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी बेहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रमाणिक मूल्य प्राप्त गर्ने । जाहेरी दरखास्तले आफैँमा प्रमाणको रूप ग्रहण नगर्ने र यसले अन्य साक्षी प्रमाणको सापेक्षतामा प्रमाणको रूप ग्रहण गर्ने भएको हुँदा दोस्रो वा पुरक जाहेरी दिन नहुने वा दोस्रो जाहेरीको कुनै मूल्य नहुने भन्ने अवस्था नरहने । (प्रकरण नं.१२) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी पुनरावेदन अदालत बुटवल फैसला न्या.दीपककुमार कार्की : पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) र १० बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी तथा साधक जाँचको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं २ वुलाडिहवा स्थित आँगन र खाली जग्गाबिचमा अकवर हुसेन मुसलमानसमेतले ओवैदुर रहमानलाई कुटपिट गरी घाइते बनाएको स्थान रहेको, निवर मुसलमानको घरको बरन्डाबाट ११ फिट ९ इन्च उत्तरतर्फ आलो रगत जमेको देखिएको, सो वरपर मडारिएको देखिएको भन्नेसमेत बेहोराको मिति २०७०।४।६ गतेको घटनास्थल प्रकृति मुचुल्का । मेरो काका ओवैदुर रहमान मिति २०७०।४।६ गते बिहान अं. ९.०० बजे पिपरा गा.वि.स.वडा नं.१ वुलाडिहवामा बेहोस अवस्थामा लडेको भन्ने थाहा पाई निजलाई शिक्षण अस्पताल भैरहवामा लगी उपचार गराउँदा गराउँदै दिउँसो १ बजेतिर मेरो काकाको मृत्यु भएको हुँदा जाहेर गर्न आएको छु । मेरो काकालाई अकवर हुसेन मुसलमान, वजिउद्विन मुसलमान, इलियास मुसलमान, मोहम्मद अयुव मुसलमान, वरकतुल्लाह, महफुजुर रहमान, महरूद्विन, उजैर दर्जी, नुरूल हसन र अन्य व्यक्तिहरूसमेत मिली कुटपिट गरी मारेको भन्ने बुझिएको हुँदा निज प्रतिवादीहरू र अन्य संलग्न व्यक्तिहरूसमेत पत्ता लगाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जुनेद आलम मुसलमानले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा दिएको जाहेरी दरखास्त । भिम अस्पताल भैरहवामा रहेको ओवैदुर रहमानको बायाँ हातको नाडीमा २ इन्च लम्बाइको निलो डाम रहेको, बायाँ आँ