निर्णय नं. १०३५१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३५१ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०९/१३ ३२८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९१३ ०६७-CR-०२११ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / वादी : सिता परियारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.८ घर भई कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.११ बस्ने राजु बोगटी आत्मरक्षाको अधिकार भन्नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्प विहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउने । आत्मरक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरू कसैको जिउ ज्यान वा सम्पत्तिलार्इ कुनै गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा मात्र प्रयोग हुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल र अधिवक्ता श्री युवककुमार गौतम अवलम्बित नजिर : ने.का.प.२०७०, अंक ४, नि.नं.९००२ ने.का.प.२०७४, अंक ३, नि.नं.९७९३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी माननीय न्यायाधीश श्री खेमराज शर्मा पुनरावेदन अदालत पोखरा फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) र न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भर्इ दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः तथ्य खण्ड मिति २०६५।२।८ गते बेलुकी कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ११ स्थित राति राजु बोगटीले चौकीदार काम गरी बसेको घरमा निज राजु बोगटी र राजु परियारबिच विवाद झगडा हुँदा राजु बोगटीले राजु परियारलाई चक्कु प्रहार गरी घाइते भएकोमा उपचारको लागि लैजाने क्रममा राजु परियारको मृत्यु भएको र उक्त वारदातमा संलग्न रहेका राजु बोगटी, श्रवणकुमार राई र सूर्य परियारलाई कारबाहीको लागि दाखिला गराएको भन्ने प्रहरीको प्रतिवेदन । श्रवणकुमार रार्इ, सूर्य परियार र राजु बोगटीको स्वास्थ्य परीक्षण रिपोर्ट मिसिल संलग्न रहेको छ । कास्की जिल्ला, पोखरा उपमहानगरपालिका नं. ११ रानीपौवा स्थित राजु श्रेष्ठको एक तले निर्माणाधीन घर, सो घरको बिच प्यासेजमा ढोका रहेको, सो ढोकाको छिस्कीनी भाँचिई भुइँमा रहेको, ढोकाको खापा सामान्य फुटेको, ढोकामा रगत लतपतिएको, प्यासेजभित्रको कोठामा ढुंगा फालिएको अवस्थामा रहेको, कोठाभित्र रहेको सिमेन्टको बोरामा १२ इन्च लम्बाइको काठको बिँड भएको रगत लागी सुकेको अवस्थाको चक्कु फेला परेको, प्यासेज ढोका पछाडि रगत लागेको बाँसको कप्टेरो फेला परेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०६५।२।८ गते राति ९.०० बजेको समयमा कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ११ रानीपौवा स्थित राजु श्रेष्ठको निर्माणाधीन घरमा चौकिदार बसेका राजु बोगटीसँग मेरो छोरा राजु परियार, श्रवणकुमार राई र सूर्य परियारले चुरोट मागेकोमा निज राजु बोगटी