निर्णय नं. १०३५२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३५२ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०५/१६ ७६१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।५।१६ मुद्दा:- कर्तव्य ज्यान ०७३-CR-०८३५ पुनरावेदक / वादी : सुन्देश्वर मुखियाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने रामलाल मुखियासमेत ०७३-RC-००९७ पुनरावेदक / वादी : सुन्देश्वर मुखियाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं.६ बस्ने मुखलाल मुखियाको छोरा हाल कारागार कार्यालय, राजविराजमा थुनामा रहेका वीरेन्द्र मुखिया ०७३-CR-१२२३ पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने मुखलाल मुखियाको छोरा हाल कारागार कार्यालय, राजविराजमा थुनामा रहेका वीरेन्द्र मुखिया विरूद्ध प्रत्यर्थी / वादी : सुन्देश्वर मुखियाको जाहेरीले नेपाल सरकार एकजनाभन्दा बढी पनि मुख्य अभियुक्त हुन सक्ने अवस्था पनि रहन्छ भने मुख्य अभियुक्तको तुलनामा अन्य अभियुक्तको आपराधिक कार्यको गाम्भीर्य कम हुन सक्ने देखिन्छ । कुनै कर्तव्य ज्यानको अपराधमा एकजनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गर्नुपर्ने । (प्रकरण नं.११) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री दुर्गाप्रसाद खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री चन्द्रबहादुर सारू सप्तरी जिल्ला अदालत, राजविराज पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या.श्री बिनोदप्रसाद शर्मा मा.न्या.श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६९।१२।१४ को अं.१६:०० बजेको समयमा जिल्ला सप्तरी, गा.वि.स.कटैया वडा नं.६ स्थित पूर्वमा रामा मुखियाको एकासगोलको घर र खाली जग्गा, पश्चिममा राजकुमार मुखियाको आँप बगैंचा, उत्तर तथा दक्षिणमा सार्वजनिक कच्ची बाटो, यति चार किल्लाभित्रमा रामा मुखियाको घर र सार्वजनिक बाटो, सो बाटोमा रामा मुखियाको आँगनको टाटबार खसी काठ तथा बाँसको खम्बाहरू भाँचिएर क्षतिग्रस्त अवस्थामा टुक्राटुक्रा भई बाटोमा छरपष्ट अवस्थामा रहेको, निज रामा मुखियाको दक्षिण मोहडा भएको घरको पश्चिमपट्टिको टाटीको बारमा ५ फिट उचाइसम्म माटोले पोतेको बाहिरी भागमा रगत जस्तो पदार्थको टाटाहरू रहेको देखिएको सोदेखि पश्चिम आँगन र सार्वजनिक बाटोमा मानिसहरूले संघर्ष गरेको जमिन माडिएको र उक्त घरको पूर्वपट्टिको सामानहरू छरपष्ट अवस्थामा रहेको, टि.भी. टेबुलबाट झरी भुइँमा रहेको र देवलाल मुखियासमेतले घरेलु हतियार फट्टासमेतले प्रहार गरी जय प्रकाश मुखियासमेतलाई गम्भीर घाइते बनाएको, घाइतेहरूलाई उठाई उपचारको लागि अस्पतालतर्फ लगिएको भन्नेसमेत बेहोराको मिति २०६९।१२।१४ को घटनास्थल मुचुल्का । मिति २०६९।१२।१४ को अं.१६:०० बजेको समयमा जिल्ला सप्तरी, गा.वि.स.कटैया वडा नं. ६ स्थित म निवेदक राजेश मुखियाको भाई जयप्रकाश