निर्णय नं. १०३५३ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३५३ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/२९ ४९३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।३।२९ मुद्दाः- जबरजस्ती करणी ०६८-CR-१०१६ पुनरावेदक / वादी : प्रहरी वृत्त कालिमाटी (घ) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, थकनी गाउँ विकास समिति, मुसुरेबाट घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ धुम्बाराही डेरा गरी काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा नं. ६ स्थित बालिका गृहमा बसी खाना पकाउने काम गर्ने कृष्णबहादुर बोगटी ०६८-CR-१०६८ पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, थकनी गाउँ विकास समिति, मुसुरे घर भई हाल कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौं थुनामा रहेका कृष्णबहादुर बोगटी विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी वृत्त कालिमाटी (घ) को जाहेरीले नेपाल सरकार कसुरको उद्योगमा पूर्ण अपराधमा हुनुपर्ने मनसाय तत्त्व विद्यमान हुनुपर्छ । मनसाय नराखी गरिएको कार्य उद्योग ठहर्न नसक्ने । उद्योग ठर्हनको लागि अभियुक्तले कसुरको तयारी गरेर मात्र पुग्दैन । तयारीभन्दा अघि उसले पूर्ण अपराध घटाउन सारभूत रूपमा प्रयासहरू गरेको हुनुपर्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी अधिवक्ताहरू श्री गणेशबहादुर गुरूङ, श्री सीतादेवी श्रेष्ठ र श्री उज्वलराज मैनाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा. न्यायाधीश श्री राजेन्द्रप्रसाद राजभण्डारी माननीय न्यायाधीश श्री सत्यराज गुरूङ पुनरावेदन अदालत पाटन फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ । मिति २०६६।४।२४ गते दिनको अन्दाजी १२:०० बजेको समयमा काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा नं. ६ स्थित सिविन नेपालको बालिका गृहमा खाना पकाउने काम गरी बस्ने कृष्णबहादुर बोगटीले सोही सिविन नेपालको संरक्षणमा रहेकी बालिका वर्ष १३ की “कालिमाटी घ” लाई जबरजस्ती करणी गरेको भनी सिविनका कर्मचारीले यस कार्यालयमा जानकारी गराएकोले निजलाई पक्राउ गरी दाखिला गराउनु भन्ने यस कार्यालयको मौखिक आदेशानुसार सिविनकै कर्मचारीको सहयोगमा निज कृष्णबहादुर बोगटीलाई पक्राउ गरी कानूनबमोजिम कारबाहीको लागि दाखिला गरिएको भन्नेसमेत बेहोराको पक्राउ प्रतिवेदनको प्रतिलिपि । जिल्ला सुनसरी, धरान नगरपालिका घर बताउने वर्ष १३ की बालिका “कालिमाटी घ” लाई जिल्ला नुवाकोट घर भई हाल ललितपुर बस्ने वर्ष ५२ को कृष्णबहादुर बोगटीले मिति २०६६।४।२४ गते जबरजस्ती करणी गरेको भन्ने बालिकाबाट खुल्न आएकोले आवश्यक छानबिन अनुसन्धान गरी निज अभियुक्तलाई कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सिविन नेपाल बाल मजदुर सरोकार केन्द्रको पत्रको प्रतिलिपि । मिति २०६६।४।२४ गते अन्दाजी १२:०० बजेको समयमा काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा न. ६ स्थित सिविन नेपालको बालिका गृहमा खाना पकाउने काम गरी बस्ने कृष्णबहादुर बोगटीले सोही सिविन नेपालको संरक्षणमा रह