निर्णय नं. १०३५४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३५४ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०५/१३ ५४९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।५।१३ ०७५-RC-०१७७ मुद्दाः कर्तव्य ज्यान वादी : दलभद्रे कामीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : बिरमाने कामी भन्‍ने बिरमान वि.क. लास बरामद नभए पनि वारदातको प्रकृति र संकलित सबुत प्रमाणका आधारमा ज्यान मारेको पुष्टि भए कानूनबमोजिम सजाय हुने । (प्रकरण नं.१७) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री देवकुमार गिरी जाजरकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ उच्च अदालत सुर्खेत फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत सुर्खेतको मिति २०७५।०८।२६ को फैसला साधक जाँचको लागि प्राप्त भई न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड मिति २०५५।१।५ गते मेरो छोरा करविरे कामी जिल्ला जाजरकोट खगेनकोट गा.वि.स. वडा नं.९ स्थित दगरास भन्ने ठाउँमा आफ्नो काम विशेषले गएको र सोही मितिदेखि घर नआएको हुँदा सो सम्बन्धमा मैले इष्टमित्र तथा भारत आवत जावत गर्ने मानिसहरूसँग सोधपुछ तथा खोजतलास गर्दा कहिँकतै फेला नपरेकोले खोजतलास गरिपाउँ भन्ने बेहोराको मिति २०५५।०४।०१ गतेको दलभद्रे कामीले दिएको हुलिया निवेदन । मिति २०५५।०१।०५ गते मेरो छोरा करविरे कामी जिल्ला जाजरकोट खगेनकोट गा. वि. स. वडा नं. ९ स्थित दगरास भन्ने ठाउँमा आफ्नो काम विशेषले घरबाट निस्की गएकोमा घरमा नआई सोही महिनाको १६ गते साँझ दगरास स्थित धने कामीको घरमा बास बस्न गएको बेला जिल्ला जाजरकोट रग्दा गा.वि.स. वडा नं. २ बस्ने अनन्ते कामीको छोरा डिल्ले कामी, मनसुरे कामी, अजे कामी, करविरे कामी, बिरवाने कामी र धने कामीसमेतले मारी लास बेपत्ता बनाएकोले पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने मिति २०५५।०४।२१ को निवेदन । मिति २०५५।०१।०५ गते मेरो छोरा करविरे कामी दगरास लोपाङ गाउँतिर अनाज बेसाह (खरिद) गर्न भनी घरबाट निस्की गएकोमा छोरा धेरै दिनसम्म घरमा फिर्ता नआएपछि भारततर्फ गए कि भनी सोधपुछ तथा खोजतलास गर्दा कुनै ठाउँ अत्तोपत्तो लागेको थिएन । पछि बुझ्दै जाँदा वैशाख १६ गतेको साँझ छोरा करविरे कामी प्रतिवादी धने कामीको घरमा गएको भन्‍ने सुनिन आएपछि गाउँका हरिबहादुर सिंहको घरमा धने कामीको श्रीमती पुतली कामीलाई बोलाई मेरो छोराको सम्बन्धमा सोधपुछ गर्दा १६ गते राति प्रतिवादी धने कामी र निजको भाई विरमाने कामीले करविरे कामीको र म पुतली कामीको बिच अनैतिक सम्बन्ध भएको भनी करविरे कामीलाई कर्तव्य गरी मारी लाससमेत वेपत्ता बनाएको भन्ने कुरा गरेकी र धने कामी र विरमाने कामी भागी भारततर्फ गएको हुँदा निजहरूले नै मेरो छोरा करविरे कामीलाई कर्तव्य गरी मारी लास बेपत्ता बनाएको हुँदा पक्राउ गरी कारबाही गरिपाउँ भन्ने मिति २०५५।०५।०३ गतेको जाहेरी दरखास्त । मिति २०५५।०४।१९ गते गाउँ घरका भद्रभलादमीसमेत हरीबहादुर सिंहको घरमा भेला जम्मा भई पुतली कामीलाई बोलाई छलफल गर्दा १६ गते करविरे कामी घरमा आएको अवस्थामा मेरो लोग्ने धने कामी र देवर विरमाने कामीसमेत भई करविरे का