निर्णय नं. १०३५५ - राजस्व चुहावट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३५५ - राजस्व चुहावट भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/०६ ६१८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।३।६ ०६८-CR-०६१६ मुद्दा : राजस्व चुहावट पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वर बस्ने रमेश खरेल भन्ने बालकृष्ण खरेल विरूद्ध विपक्षी / वादी : अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागको पत्रले नेपाल सरकार विदेशबाट ल्याएको सामानको राजस्व कम तिर्ने नियत लिएको, कम राजस्व बुझाएको र बुझाउनु पर्ने सबै राजस्व नबुझाई सामान पैठारी गरेको कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) विपरीतको कसुर हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खडका तथा अधिवक्ता श्री कृष्ण मुरारी रौनियार विपक्षी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री हेमराज पन्त काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्नेः- माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा पुनरावेदन अदालत पाटन, ललितपुर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भई न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः मिति २०५७।३।५ गते रघुनाथ ओभरसिजको नामबाट भन्सार छुटाई ल्याएका सामानहरू प्रहरीले जाँच गरी बरामदी मुचुल्कासहित यस विभागमा प्राप्त हुँदा सो सम्बन्धमा तयार भएका तीनवटा प्रज्ञापनपत्र र सामानहरूको अवस्था निम्नबमोजिम देखिन्छ :सि नं. सामानको विवरण सामानको प्र.द.नं. १६८९३ (पहिलो प्र.द.नं. १६९१३ (दोस्रो) प्र.द.नं. १६९१६ (तेस्रो) प्र.प. अनुसारको जग्गा परिमाण प्रहरीको मुचुल्काबाट यस देखिएको विभागमा बुझाएको सामान फरक देखिएको सामान १ पाइन्ट १६ दर्जन ६ दर्जन ९६ दर्जन ११८ दर्जन ५६ दर्जन ६२ घटी पाइएको २ हाफ पाइन्ट २० दर्जन - १५ दर्जन ३५ दर्जन १२१ दर्जन ८६ दर्जन बढी पाइएको ३ भेष्ट हाफ ६७ दर्जन - १३४ दर्जन २०१ दर्जन २३३ दर्जन ३२ दर्जन बढी पाइएको ४ सेण्डो भेष्ट ६१ दर्जन - - ६१ दर्जन - सामान नभएको ५ सेण्डो ९५ दर्जन - - ९५ दर्जन ८५ दर्जन १० दर्जन घटी ६ सर्ट ४८ दर्जन - ३९३ दर्जन ४४१ दर्जन २२५ दर्जन २१६ दर्जन घटी ७ ह्याङ्की १५२ दर्जन - - १५२ दर्जन - सामान नभएको ८ पेण्टी ९८ दर्जन - - ९८ दर्जन ८८ दर्जन १० दर्जन घटी ९ बेबी सेट १५ दर्जन - १४ दर्जन २९ दर्जन ५७ दर्जन २८ दर्जन बढी १० सन क्याप १२४ दर्जन - - १२४ दर्जन ८७ दर्जन ३७ दर्जन घटी ११ कटन लेस ६३ दर्जन - - ६३ दर्जन १२१ दर्जन ५८ दर्जन बढी १२ लुगी कटन ७५ दर्जन - - ७५ दर्जन १२ दर्जन ६३ दर्जन घटी १३ सु २ दर्जन - - २ दर्जन २५ जोर १ जोर बढी १४ पकेटमनी पर्स २५ दर्जन - - २५ दर्जन सामान नभएको सामान नभएको प्रज्ञापनपत्रमा उल्लेख नभएका तर प्रहरीबाट पेस भएका सामानको भौतिक रूपमा देखिएको सामानहरूको विवरण :- wind Cheater (ज्याकेट)-७ दर्जन, २) लेडिज ब्याग-५५ पिस, ३) स्कुल व्याग-२३ पिस, ४) ट्राउजर-१२ थान, ५) बेबी टिसर्ट-