निर्णय नं. १०३५६ - करकाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३५६ - करकाप भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/१९ ३८२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।३।१९ ०६७-CR-०९७३ मुद्दाः- करकाप पुनरावेदक / वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ६ बस्ने गणेशमान ख्याजु विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ शान्तिनगर बस्ने सूर्यकुमार राईसमेत विवादित लिखतमा लेखिएको बेहोरा अवस्था, परिस्थितिअनुसार तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन आवश्यक देखिने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान्‌ अधिवक्ता श्री सत्यराम त्वायना प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री चन्द्रप्रसाद काफ्ले अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री अलिअकबर मिकरानी माननीय न्यायाधीश श्री हरिप्रसाद घिमिरे पुनरावेदन अदालत पाटन फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६५।५।१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (क)(ख) बमोजिम यस अदालतमा परेको निवेदनमा मिति २०६७।१२।१४ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- विपक्षीमध्येकी लक्ष्मी राई, शम्भुप्रसाद भट्टराई, गोपाल घिमिरे, राम गोपाल बस्नेत र म फिरादीसमेत ५ जना भई करिब दुई अढाई वर्ष पहिले मेरो १५ प्रतिशत सेयर हुने गरी युनिटी प्रोपर्टी प्रा.लि. दर्ता गरी जग्गाको खरिद बिक्री कारोबार सञ्चालन गरी आएको र सुरू सुरूको बैठकमा मलाई बोलाउँदा उपस्थित भई कम्पनीको भलाइका लागि सल्लाह र सुझाव दिई आएको थिएँ । विगत केही महिनादेखि मलाई नबोलाएको र कारोबार सम्बन्धमा के छ भनी कम्पनी राखिएको कार्यालयमा गई बुझ्दा त्यहाँबाट उठेर गएको जानकारी पाएको र अन्य सेयरवालाहरूको खोजीनिति गर्दा पनि कसैलाई भेट गर्न नसकी मिति २०६२।९।१४ गते ई.प्र.का. जगाती, भक्तपुरका प्रहरीले माथिको आदेश छ भनी मलाई कार्यालयमा लाँदा त्यहाँ विपक्षीहरूले कम्पनी घाटामा गएको र सोबापत मैले विपक्षी लक्ष्मी राईलाई दुई लाखदेखि दुई लाख पचास हजारसम्म तिर्न पर्छ भनेको र मैले तिर्नु परे तिरौँलाभन्दा प्रहरीको माथिल्लो तहको धाकधम्की देखाई थुनामा राखी भोलिपल्ट १५ दिनभित्र रकम दिने समय राखी छोडिदिएपश्‍चात् विपक्षीहरूले जबरजस्ती कागज गराउने प्रवल सम्भावना रहेकोले मैले पुनरावेदन अदालत पाटनमा मिति २०६२।९।१८ मा निषेधाज्ञा मुद्दा दर्ता गरी अन्तरिम आदेशसमेत भई विपक्षीहरूले म्याद गुजारी बसेकोले विचाराधीन रहेको छ । मिति २०६२।१२।२३ गते साँझ करिब १८.१५ बजेको समयमा विपक्षीमध्येका सूर्यकुमार राईले म बाटो हिँडिरहेको अवस्थामा शान्तिनगर प्रवेश गेटनेर मलाई बोलाई घर जाउँ कुरा गरौं, कम्पनीको हिसाब किताब पनि हेरौं, तिम्रो मनले रकम तिर्नु नपर्ने भए नतिर भनी अनुरोध गर्दा विपक्षीको घरमा गएकोमा पहिलेदेखि नै त्यहाँ सुरक्षाकर्मी जस्ता देखिने २ जना व्यक्ति र लक्ष्मी राई पनि थिए । म भित्र पुगेको केही समयपछि नै अन्य सुरक्षाकर्मी जस्ता देखिने २ जना गुण्डा प्रकृतिका मानिससहित जम्मा ७ जना थियौं । मलाई सूर्