निर्णय नं. १०३५७ - जबरजस्ती करणी (हाडनातासमेत)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३५७ - जबरजस्ती करणी (हाडनातासमेत) भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०३/१३ ५८५८ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।३।१३ ०६८-CR-०१४० मुद्दा:- जबरजस्ती करणी (हाडनातासमेत) पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही, सिपवा गा.वि.स. वडा नं. ८ पतिजिया घर भई हाल कारागार कार्यालय, सुनसरीमा थुनामा रहेको अमर पासी विरूद्ध प्रत्यर्थी / वादी : ............को जाहेरीले नेपाल सरकार प्रत्यक्ष प्रमाणबाट जबरजस्ती करणीको वारदात भएको पुष्टि हुन आएको स्थितिमा पीडितको शारीरिक परीक्षण गर्ने विशेषज्ञको अनुपस्थिति नै प्रतिवादीलाई आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने । (प्रकरण नं.६) पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको मौकामा भएको कागज एवं जाहेरवालीको किटानी जाहेरी, प्रतिवादीको मौकाको साबिती बयान बेहोरासमेतबाट वारदात स्थापित भइरहेको स्थितिमा पीडित र जाहेरवालीले अदालतसमक्ष गरेको बकपत्रमा करणीको घटना नै नभएको भनी आफ्नो मौकाको भनाइको प्रतिकूल बेहोरा उल्लेख गरेकै आधारमा प्रतिवादीले सजायबाट उन्मुक्ति पाउन सक्ने स्थिति नरहने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री चुरामणि भुसाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी अवलम्बित नजिर : ने.का.प.२०७४, अंक ५, नि.नं.९८१२ सम्बद्ध कानून : सुरू फैसला गर्ने:- मा.न्या.श्री विश्वमंगल आत्रेय रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या.श्री जगदीश शर्मा पौडेल मा.न्या.श्री उदय प्रकाश चापागाई पुनरावेदन अदालत बुटवल फैसला न्या.टंकबहादुर मोक्तान : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मिति २०६६/११/१७ गते होली पर्वको दिन भएकोले होली पर्व खेली साँझको खाना खाई हामीहरू घरको बरण्डामा म तथा छोरीसमेत भई सुतेका थियौं । मेरो बहिनीको छोरा अमर पासी सानै उमेरदेखि मेरो घरमा नै बस्दै आएको थियो । सो दिन अमर पासी साथीभाइहरूसँग होली खेल्न भनी गएको र होली खेली राति अ.११.०० बजे घरमा आएछ । हामीहरू निन्द्रामा थियौं । म कुनामा र छोरी छेउतर्फ सुतेका थियौं । मेरी छोरी वर्ष ८ की ............ सुतेको छेउमा गई ............लाई उठाई फकाई फुल्याई गरी ............माथि चढी जबरजस्ती करणी गरी कोही कसैलाई नभन्नु भनी डर त्रासमा पारी निज अमर पासी घरभित्र गई सुतेछन् । भोलिपल्ट मिति २०६६।११।१८ गते छोरी उठ्न नमानेको र निन्याउरो मुख लगाई बसेको देखी के भयो भनी सोध्दा अकमकाएको, निजको कट्टु, कपडा तथा विस्तारामा समेत रगत देखेपछि पुनः छोरीलाई के भयो भनी सोध्दा मलाई राति दाजु अमर पासीले कोही कसैलाई नभन्नु भनी जबरजस्ती करणी गरेको भनी प्रस्ट बताएपछि उक्त कुरा प्रस्ट हुन आएकोले मेरी बहिनीको छोरा अमर पासीले मेरी छोरी वर्ष ८ की ............लाई हाडनाता जबरजस्ती करणी गरेको हुँदा निजलाई प्रकाउ गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ............को जाहेरी दरखास्त । जिल्ला रूपन्देही, मधुवनी गा.वि.स. वडा नं. ८ महिलवार गाउँस्थित पूर्वमा बाठे पासीको एकतले खपडाको घर, पश्चिममा भारत भुजको एकतले पक्की घ