निर्णय नं. १०३५८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३५८ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०५/१६ ३६१९ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।५।१६ ०६६-WO-०८०५ मुद्दा : उत्प्रेषण निवेदक : नकलबन्दा टि स्टेट प्रा.लि. काँकरभिट्टा, झापाको तर्फबाट सो प्रा.लि.का अख्तियारप्राप्त राजिवकुमार गुप्तासमेत विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंङ्गाल, काठमाडौंसमेत सरकारी गौचरण, वन जङ्गलका जग्गा कसैले निजी बनाई दर्ता गर्छ भने सो कार्य अनुचित हुँदा सो विषय सार्वजनिक हित र सरोकारको विषय बन्छ । यस्तोमा जोसुकैले उजुरी गर्न पाउने मात्र होइन, एउटा संवैधानिक निकायको रूपमा त्यस्ता अनुचित कार्य रोकी सार्वजनिक हितको रक्षा गर्नु आयोगको क्षेत्राधिकारभित्रको विषय बन्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विष्णुप्रसाद भट्टराई, श्री बद्रीबहादुर कार्की र श्री महादेव यादव तथा विद्वान् अधिवक्ता श्री बल्लभ बस्नेत विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी अवलम्बित नजिर : ने.का.प.२०६८, अंक ३, नि.नं.८५७६ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छः- झापा जिल्ला नकलबन्दा टि स्टेट प्रा.लि. चिया बगानले भोग चलन गरी रहेको जग्गामध्ये २०२१ सालको सर्भे नापीमा साबिक नकलबन्दा गाउँ पञ्चायत वडा नं. ७ अन्तर्गतको साबिक जिम्दार रामबहादुर श्रेष्ठको साबिक रैती नं. ४३ को जग्गा विगाहा १४-१०-७ जग्गा नाप जाँच हुँदा कि.नं. २० र कि.नं. ९२ कायम भई सो जग्गा मेरो जोत भोग चलनको हुँदा साबिक जिम्दारी २ नं. रसिद, ७ नं. फाँटवारी, गा.वि.स. को सिफारिस सर्जमिनसमेतका आधारमा मेरो जग्गा भई मैले नै जोतभोग गरी चिया खेती लगाई भोग चलन गरी आएको जग्गा साबिक कि.नं. २० फोड गर्दा कायम हुन आएको कि.नं. ३७०, कि.नं. ३७१, ३७२, ३७३, ३७५ र साबिक कि.नं. ९२ फोड गर्दा कायम हुन आएको कि.नं. ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, ३९१, २३१ र २३२ समेतका जम्मा बाइस कित्ता जग्गाहरू दर्ता गरी पाउन निवेदकमध्येको म दिनेशप्रसाद कानुको मालपोत कार्यालयमा निवेदन परी कारबाही हुँदा सो कार्यालयको मिति २०४८।६।२५ गतेको निर्णय पर्चा बमोजिम कि.नं. ३७४ बाहेक अरू म रिट निवेदक दिनेशप्रसाद कानुका नाउँमा दर्ता गर्ने निर्णय भए मुताबिक २०२४ सालदेखिको मालपोतसमेत बुझाई जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेको हो । विवादित जग्गाहरू साबिक नरबहादुर अधिकारी क्षेत्रीबाट मैले रू. ९९/- मा २०२९/७/१५ गतेका दिन खरिद गरीलिएको, साबिक जमिन्दारबाट २ नं. रसिदसमेत २०२३ सालमा लिएको जग्गा हो । २०२० सालमा भूमिसुधार लागु हुँदा उल्लिखित जग्गाको ७ नं. अनुसूची भर्दा नरबहादुर अधिकारी क्षेत्रीले विवादको जग्गा नकलबन्दा टि स्टेटलाई बिक्री गरिसकेको भनी ७ नं. अनुसूची २०२१ सालमा नै भरी सम्बन्धित कार्यालयमा पेस गरिसकेपछि मात्र २०२२ सालमा नाप जाँच भएको र यसरी प्रचलित नेपाल कानूनबमोजिम अड्डा अदालत, कार्यालयहरूमा पेस दाखेल भएका कागजातहरू अन्यथा प्रमाणित भएमा बाहेक प्रमाण ऐन, २०३१ को दफा ६(ग) ले सद्दे हुने व्यवस्था गरेको छ । २०४८ सालमा नै विवादको