निर्णय नं. १०३६१ - नाबालकसँग अप्राकृतिक मैथुन (जबरजस्ती करणी)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६१ - नाबालकसँग अप्राकृतिक मैथुन (जबरजस्ती करणी) भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/२७ १४२८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।३।२७ ०७२-CR-०१२३ मुद्दाः- नाबालकसँग अप्राकृतिक मैथुन (जबरजस्ती करणी) पुनरावेदक / वादी : मुस्ताक महमदको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा मटिअर्वा गाउँ विकास समिति वडा नं.२ निलकण्ठवा घर भई हाल जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं.४ कमलनगर डेरा गरी बस्ने मुन्ना मिया अन्सारी भन्ने गुलाव मिया क्षतिपूर्तिसम्बन्धी कानूनी व्यवस्था मानसिक, शारीरिक, भौतिक, सामाजिक रूपमा क्षति पुगेको व्यक्तिलाई त्यस्तो क्षतिको मूल्यबापत भराइ दिने आर्थिक मूल्य (Financial Compensation) वा अन्य परिपूरण (Reparation) भराइ दिने व्यवस्था हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था गरेको अवस्थामा प्रतिवादीहरू नाबालक भएको कारण यसबाट पीडित अर्को नाबालकलाई क्षतिपूर्ति नभराउने हो भने संविधानको धारा १८(१) मा उल्लिखित कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने समानताको हकसमेतको प्रतिकूल भई पीडितलाई अन्यायमाथि थप अन्यायको स्थिति पैदा हुन जाने । (प्रकरण नं.३) बालबालिकासम्बन्धी ऐन, २०४८ विशेष ऐन भई बालबालिकाले गरेको कसुरमा अन्य वयस्क उमेरका व्यक्तिले गरेको भन्दा सजायमा केही छुट प्रदान गरेको कुरालाई ऐनले क्षतिपूर्तिको दायित्वसमेत बेहोर्नु नपर्ने गरी छुट प्रदान गरेको भनी Absurd Interpretation गर्न मनासिब नहुने । (प्रकरण नं.४) क्षतिपूर्तिलाई कैद र जरिवाना सरहकै सजायको रूपमा राखी प्रतिवादीले क्षतिपूर्ति नतिरे सोबापत निजले कैदसमेत बस्नु पर्ने हुन्छ भन्ने व्याख्या गरी पीडित हुन पुगेका बालकलाई निजको कानूनबमोजिमको क्षतिपूर्ति पाउने अधिकारबाट वञ्चित गर्न मनासिब नहुने । (प्रकरण नं.६) प्रतिवादीहरूका नाउँमा कुनै सम्पत्ति नभए निजहरूका आमा बुबाका नाउँमा रहेको निजहरूको अंश भागमा पर्न आउने सम्पत्तिबाट पीडितले क्षतिपूर्ति भराइ पाउने र सो अवस्था नभए कानूनबमोजिम खडा भएको पीडित राहत कोषबाट क्षतिपूर्ति पाउने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सनतचन्द्र सापकोटा अवलम्बित नजिर : ने.का.प.२०६७, नि.नं.८४९४ सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ अपराध पीडित संरक्षण ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भोलानाथ चौलागाई चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको पुनरावेदनसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मिति २०६९।०१।०१ गते अन्यायीहरू मुन्ना मिया अन्सारी र अवलेश मिया अन्सारीले मेरो छोरा वर्ष ४ को ईरफान महमदलाई टेलर्समा लगी सटर बन्द गरी छोराको गुदद्वारमा आफ्नो लिङ्ग छिराई अप्राकृतिक मैथुन गरेको र छोराको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मुस्ताक महम