निर्णय नं. १०३६२ - अपुताली हककायम खिचोला चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६२ - अपुताली हककायम खिचोला चलन भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/२५ १०१७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।३।२५ ०६८-CI-००१४ मुद्दा:- अपुताली हककायम खिचोला चलन पुनरावेदक / प्रतिवादी : जिल्ला बारा, कलैया नगरपालिका वडा नं. ६ बस्ने जैनव अन्सारी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बारा, बसन्तपुर गाउँ विकास समिति वडा नं. ८ बस्ने मासुमा भन्ने मनोरमा कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी प्रतिवादीमध्ये यसैले नै पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरेको हो भन्ने पुष्टि नभएसम्म त्यस्तो अवस्थामा उनीहरूको पालन पोषण र स्याहार सम्भारको कार्यको अवस्थामा वादी प्रतिवादी सबैको नै भूमिका रहेको भनी बुझ्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री राम विलास राउत प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री ऋषिराज शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मूल पुर्खा रामबाबु नेपाल श्रेष्ठ तथा पत्नी मकुला अन्सारीनको दाम्पत्य जीवनबाट हामी २ छोरीको जन्म भएको प्रतिवादी जैनव अन्सारी जिल्ला बारा, गाउँ विकास समिति रामपुर हाल कलैया नगरपालिका वडा नं. १२ बस्ने रोजमियाको छोरी हुन् । पिता माताले नै हामीहरूको विवाह गरिदिनुभएको र हामीहरूले नै पिता माताको साथमा नै आलोपालो गरी रही सेवा रेखदेख पालन पोषण गरी आएका थियौं । पिता रामबाबु नेपाल मिति २०५१।१२।२७ मा र माता २०५६।०३।१९ मा स्वर्गे हुनुभयो । आमाको नाममा नापी नक्सा भएको जिल्ला बारा, गाउँ विकास समिति भवानीपुर वडा नं. ६ कि.नं. ९७ को ०-०-११ र सोमा भएको खपडाको घरसमेत हामीले भोग चलन गरी आएकोमा प्रतिवादीले उक्त घरजग्गा आफ्नो नाममा नम्बरी दर्ता पाउन निवेदन दिनुभएकोमा हामीले लिखित जवाफसमेत दिएका छौं । जैनव हाम्रो दिदी होइन । हाम्रो अपुताली हक भोगको उक्त जिल्ला बारा, गाउँ विकास समिति भवानीपुर वडा नं. ६ कि.नं. ९७ को ०-०-११ र सोमा भएको खपडाको घरसमेतमा हाम्रो अपुताली हक कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादीको फिरादपत्र । म रामबाबु नेपालको छोरीलाई विपक्षीहरूले रोजमियाको छोरी भनी फिराद गरेकोमा लिखित बेइज्जतीतर्फ छुट्टै उजुर गर्नेछु । मेरो पितामाताको सेवा सम्भार मैले नै गरेको छु । विपक्षीहरूले गरेको छैन । माता पिताको नाउँको कि.नं. ९७ को ०-०-११ जग्गाबाट वादीहरूको हक लाग्ने होइन । वादीहरूको झुट्टा फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र । रामबाबु नेपाल बिरामी हुँदा काठमाडौंमा उपचारका लागि जेठी छोरी र ज्वाइँले लगेका र उपचार गरेका हुन्, यहाँ आउँदा दुवै छोरीहरूले निजको सेवा टहल गरेका, मृत्युपछि सुनेअनुसार दुवै छोरी ज्वाइँले काज किरिया गरेका हुन् भन्नेसमेत बेहोराको वादीका साक्षी रामबहादुर स