निर्णय नं. १०३६३ - उत्प्रेषण / प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३६३ - उत्प्रेषण / प्रतिषेध भाग: ६१ साल: २०७६ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०३/२२ १५००० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७६।३।२२ ०७५-WO-०११९ विषयः उत्प्रेषण / प्रतिषेध निवेदक : हरिनारायणको नाति टिकाप्रसादको छोरा झापा जिल्ला भद्रपुर न.पा. वडा नं.७ बस्ने गणेशप्रसाद चापागाँई विरूद्ध विपक्षी : भद्रपुर नगरपालिकाको कार्यालय, झापा, भद्रपुरसमेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ ले न्यायिक समितिलाई विवादको न्याय निरूपण गर्ने तथा मेलमिलाप गराउने अधिकारक्षेत्र सीमित गरेको देखिन्छ । यसको प्रयोग असीमित तरिकाले गर्न नमिल्ने । तहतह हुँदै बिक्रीबाट अन्य व्यक्तिमा हक हस्तान्तरण भई गएको जग्गा न्याय निरूपण गरी फिर्ता गराउने अधिकारक्षेत्र न्यायिक समितिलाई रहेको देखिँदैन । साथै दाबीको जग्गाको स्वामित्व नै नरहेको व्यक्तिलाई छलफल गर्न झिकाई मेलमिलापको प्रक्रियाद्वारा विवादको निरूपण गर्न नहुने । (प्रकरण नं.७) बिक्री गरी हक हस्तान्तरण भई गएको निवेदकको स्वामित्वमा नरहेको जग्गा फिर्ता गराउन न्यायिक समितिले निवेदकलाई म्याद जारी गरी झिकाई कारबाही चलाएको कार्य अधिकारक्षेत्रको अभावमा कानूनविपरीत देखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रदीपकुमार राजवंशी विपक्षीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री देवी रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ आदेश न्या.सुष्मालता माथेमा : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः तथ्य खण्ड म निवेदकले झापा जिल्ला, साबिक पृथ्वीनगर गा.वि.स. वडा नं.९ख कि.नं. ४९ ज.बि.०-१९-१९.५ को जग्गा प्रविला श्रेष्ठसँग मिति २०५४।६।२ मा र.नं.६७३क बाट राजीनामा पारित गरी लिई मिति २०६७ सालमा सुनिल मेचेलाई राजीनामा पारित गरी बिक्री गरेको थिएँ । निज सुनिल मेचेले समेत अन्य व्यक्तिलाई बिक्री गरी तह तह हुँदै खरिद बिक्री भइसकेको छ । हाल आएर विपक्षी वसन्तकुमारी विश्वकर्माले पति स्व.जयबहादुरले गणेशप्रसाद चापागाँईसँग रू.८०,०००।- ऋण लिई उक्त कि.नं. ४९ को जग्गा एक वर्षभित्र रकम फिर्ता गरेमा जग्गा फिर्ता गर्ने गरी प्रविला श्रेष्ठलाई मिति २०५४।२।३ मा धितोबापत राजीनामा गरिदिनुभएकोमा रू.४३,५००।– निजले लगेकोमा बाँकी रकमसमेत बुझी जग्गा फिर्ता गरी दिनुहोस् भनी पटकपटक अनुरोध गर्दासमेत निज गणेशप्रसाद चापागाँईले हडप गरी खाने नियत राखी हालसम्म फिर्ता नगरेकोले जग्गा फिर्ता गरिपाउँ भनी झापा भद्रपुर नगरपालिकाको न्यायिक समितिसमक्ष मिति २०७५।२।१ मा उजुरी निवेदन दिएकोमा न्यायिक समितिले मेरा नाउँमा ५ दिनभित्र उपस्थित हुनु भन्ने जारी गरेको म्याद सूचना मिति २०७५।३।१४ मा तामेल भएकोले आफ्नो सम्पूर्ण कागजात सबुद प्रमाणसहित लिखित जबाफसमेत पेस गरेकोमा विपक्षी नगरपालिकाको न्यायिक समितिले मुद्दाको अन्तिम टुङ्गो नलगाई म निवेदकलाई मानसिक रूपमा जग्गा फिर्ता गरिदिने दबाब स्वरूप लगातार तारेखमा राखी न्यायिक समितिका संयोजकले मुद्दा मिलापत्र गर्न दबाब दिनुभएकोले नेपालको संविधानको धारा १६, १७, १८ र २५ एवं मुलुकी ऐन, अ.बं.३५ नं. र मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १ नं. बमोजिम संवैधानिक हक अधिकारहरू प्रचलन गराउन अन्य वैकल्पिक कानूनी बाटोसमेत नभएकोले नेपालको संवि